‘बिजुली च्याप्टर १’ को घोषणा « Khabarhub

‘बिजुली च्याप्टर १’ को घोषणा


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘बिजुली च्याप्टर १’ बन्ने भएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रम गर्दै फिल्मको फस्टलुकसँगै कलाकार सार्वजनिक गरियो । विकास गिरीको लेखन तथा निर्देशन रहने फिल्ममा लुना केसीको लगानी रहनेछ । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिशा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छनोट हुनेछन् ।

निर्माण पक्षका अनुसार बिन्दू धर्मग्रन्थहरू रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो । केदार भुसाल क्रिएटिभ प्रोड्युसर रहने फिल्मको छायांकन भदौ तेस्रो साताबाट सुरु हुनेछ ।

फिल्ममा हरि घले लामाको छायांकन हुनेछ । निर्देशक गिरीका अनुसार चार युग सत्य, त्रेता, द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिनेछ । सोसियल ड्रामा तथा सस्पेन्स कमेडी जनराको फिल्मले नेपाली दर्शकलाई एउटा फरक टेस्ट दिने क्रियटिभ प्रोड्युसर केदार भुसालले बताए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ४ : ४२ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ