श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिको शपथ लिए « Khabarhub

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिको शपथ लिए


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षले दिएको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रबार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यबाहक राष्ट्रपतिको शपथ लिएका छन् ।

श्रीलङ्कामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताएका थिए ।

औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिङ्गापुर पुगेका गोटाबाया राजापाक्षेले हिजो राजीनामा पत्र बुझाएका थिए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ४ : ५४ बजे

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

साताको कार्टुन – विरहको गीत

काठमाडौं – नेपाली कांग्रेसमा विशेष महाधिवेशन स्वीकार नगर्दा निवर्तमान सभापति