आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु | Khabarhub Khabarhub

आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजना तथा इलाम जिल्ला क्रिकेट संघको व्यवस्थापनमा शुक्रबारदेखि इलाममा तीन दिने ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु भएको छ । कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । कार्यक्रम तीन दिनसम्म चल्ने नेकोसका सहसचिव चेतनाथ पौडेलले बताए ।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा सुरु भएको कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका मेयर केदार थापाले गरेका थिए । उनले जिल्लामै पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरेकोमा नेकोसलाई धन्यवाद दिए । साथै उनले इलाममा  २०४२-४३ तिर क्रिकेट भित्रिए पनि यो खेलको विकास विस्तार हुन नसकेको अवस्थामा यस कार्यक्रमले जिल्लामा क्रिकेट गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।

नेकोसका अध्यक्ष बिप्लभ घोषले नेपालको मेचीदेखि महाकालीसम्म क्रिकेटमय बनाउने अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए । उनले नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने बताए ।

नेकोस राष्ट्रिय क्रिकेट संघको मूल उद्देश्य नै ग्रासरुट क्रिकेटलाई माथि उठाउने तथा विभिन्न जिल्लामा क्रिकेट गतिविधिहरू सञ्चालन गर्ने अध्यक्ष घोषले बताए । उनका अनुसार नेपालमा महिला क्रिकेटको सम्भावना भए पनि महिला क्रिकेट प्रतियोगिता कम आयोजना भएको हुँदा निकट भविष्यमै नेकोस राष्ट्रिय क्रिकेट संघले महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए । 

कार्यक्रमका मुख्य प्रशिक्षक तथा आइसीसी प्यालनका अम्पायर बुद्धिबहादुर प्रधानले नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गरेका यस किसिमको कार्यक्रमले नेपालको हरेक ठाउँमा क्रिकेट चलायमान हुने र भविष्यमा देशले राम्रा अम्पायर र स्कोरर पाउने आशा व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरू देशका विभिन्न ठाउँमा आयोजना हुनुपर्नेमा जोड दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पाएको अनुभव यो कार्यक्रममा साझा गर्न पाउँदा गर्व लागेको उनले बताए । कार्यक्रममा आईसीसी प्यानल अम्पायर बुद्धिबहादुर प्रधानसहित लेभल टु अम्पायर कमलेश ठाकुरले प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : ५८ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र