१६ वर्षीया हिन्दू युवतीको अपहरण, धर्म परिवर्तन र विवाह गराएको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

१६ वर्षीया हिन्दू युवतीको अपहरण, धर्म परिवर्तन र विवाह गराएको भन्दै पाकिस्तानमा प्रदर्शन


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी हिन्दू समुदायले पूर्व राष्ट्रपति आसिफ अली जर्दारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवतीको अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

अपहरित करिना नामकी हिन्दू युवती रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीहरूका अनुसार युवतीलाई खलील रहमान जोनो नाम गरेका व्यक्तिको परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्ला क्षेत्रमा अपहरण गरेका थिए ।

प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्वराष्ट्रपतिलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए । स्थानीय प्रहरीले करिनालाई अपहरण नगरेको भन्दै जोनोसँग भागेर उनले कराँचीको अदालतमा विवाह गरेको बताएको छ ।

प्रहरीका अनुसार खलीलका बुबा असगर जोनोलाई धारा ३६५ बी बमोजिम एफआइआर दर्ता गरेपछि पक्राउ गरिएको छ ।

पाकिस्तानी प्रहरीका एसएसपीले करीना र खलील रहमान जोनोको विवाह दर्ता प्रमाणपत्र सार्वजनिक गरी युवतीलाई सिन्ध उच्च अदालतमा पेश गरिने बताएका छन् । युवतीले आफूले चाहेको निर्णय गर्न सक्ने उनको भनाइ छ ।

हिन्दू पञ्चायतका उपाध्यक्ष लाजपत राईले एसएसपीको उक्त दाबी अस्वीकार गर्दै हिन्दू समुदायको प्रतिनिधिमण्डलले एसएसपीलाई भेटेको बताए तर उनले प्रहरी प्रकाशनबाट आफूहरूलाई सहयोग नभएको बताएका छन् ।

पाकिस्तानमा महिला, अल्पसङ्ख्यक, बालबालिका र सञ्चारकर्मीहरू माथि विभिन्न दमन र अधिकार उल्लङ्घनका घटनाहरू बढेको पाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ०६ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र