भाषा र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने « Khabarhub

भाषा र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यापति पुरस्कार कोषद्वारा आज जनकपुरधाममा आयोजित नेपाल विद्यापति पुरस्कार २०७८ वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको सांस्कृतिक नीति अझै संघीयताअनुरूप हुन नसकेकाले परिवर्तित समयानुकूल सांस्कृतिक नीतिमा परिमार्जन गरिने बताए ।

‘मुलुकमा संघीयता कार्यान्वयन भइसक्यो, धेरै कुरा संघीयताको मर्म र भावना अनुकुल भइसकेको छ’, मन्त्री श्रेष्ठले भने,’तर सांस्कृतिक नीति अझै पनि संघीयताअनुरुप हुन सकेको छैन । त्यसैले हामी संघीयता सुहाउँदो सांस्कृतिक नीति ल्याउन चाहेका छौँ ।’ सीमान्तकृत समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र संवर्द्धनका लागि सांस्कृतिक नीति छिट्टै तर्जुमा गरिने उल्लेख गर्दै मैथिली भाषा र संस्कृतिको संरक्षणमा सरकार सधैँ प्रत्यत्नशील रहेको उनले बताए। 

मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट विसं २०६८ मा स्थापित विद्यापति पुरस्कार कोषले यस वर्षको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट डा सूर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्तालाई  पुरस्कृत गरेको छ । कोषका अध्यक्ष प्राध्यापक रामचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पाँचै स्रष्टालाई मन्त्री श्रेष्ठले सम्मानसँगै पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : २० बजे

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।