अवैध लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित चार जना पक्राउ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्धबाट २३ ग्राम अवैध लागूऔषध खैरोहेरोइनसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ बस्ने सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय निमा लामा, मोरङ पथरी शनिश्चरेका २९ वर्षीय किसान आङ्देम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ पथरीका २६ वर्षीय मणिराज सुब्बा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागूऔषध खैरो हेरोइन मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : १९ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल