पोखराबाट ६ जना जुवाडे पक्राउ « Khabarhub

पोखराबाट ६ जना जुवाडे पक्राउ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ न्यूरोडस्थित नविन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

तास खेलिरहेका उनीहरूलाई नगद दुई लाख ५३ हजार पाँच रुपैयाँसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ । पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका–३ घर भई पोखरा–८ न्यूरोड बस्ने ३२ वर्षीय नविन गौचन, पोखरा–८ पृथ्वीचोक बस्ने ५४ वर्षीय सोमत तुलाचन छन् ।

त्यस्तै, पोखरा–२ अर्चलबोट बस्ने ५३ वर्षीय बिराट केसी, म्याग्दीको अन्नपूर्ण–३ घर भई हाल पोखरा–८ न्यूरोड बस्ने वर्ष ४९ वर्षीय कबिन तुलाचन, पोखरा–११ फूलबारी बस्ने ४६ वर्षीय अमित गुरुङ र पोखरा–१२ फूलबारी बस्ने ४५ वर्षीय नरकाजी गुरुङलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ५१ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल