श्रीलङ्का पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध « Khabarhub

श्रीलङ्का पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ ।

आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो ।

यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उहाँहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ ।

अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्ड काब्राल र अरु केही व्यक्तिहरूलाई पनि देश छाडेर जान निषेध गरेको छ ।

अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक सङ्कट उत्पन्न हुनुमा जिम्मेबार रहेको लगायतका आरोप लगाउदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि आम नागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिन बाध्य हुनु परेको थियो । त्यही प्रदर्शन चर्किदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले पनि राजीनामा दिएर देश छाडेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्