विचार मिल्नेसँग एकता गर्ने व्यवस्था विधानमा छ | Khabarhub Khabarhub

अन्तर्वार्ता

विचार मिल्नेसँग एकता गर्ने व्यवस्था विधानमा छ

‘कसैसँग तालमेल भएन भने एक्लै चुनाव लड्न दल दर्ता गरेका हौँ’



हालै मात्र जनता समाजवादी पार्टीबाट फुटेर नेपाल समाजवादी पार्टी गठन गरेका डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निष्कर्षमा पुगेका छन् । आन्तरिक लडाईका कारण उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुट्टिएका भट्टराई सुरुमा माओवादी केन्द्रसँग एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने विषयमा छलफल गरिरहेका थिए । तर पछिल्लो दुई दिनयता माओवादी र नेपाल समाजवादी पार्टीबीच एकता हुने सहमति अन्तिम चरणमा पुगेको समाचार आइरहेका छन् । आखिर बाबुराम भट्टराई नेतृत्वको नेसपा यति छिट्टै माओवादीसँग एकता गर्ने निष्कर्षमा कसरी पुग्यो ? यसै विषयमा खबरहबका लागि चन्द्रकान्त न्यौपानेले नेपाल समाजवादी पार्टीका महासचिव रमेश यादवसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईँहरू चुनावमा माओवादीसँग मिल्न र एकता गर्नैका लागि उपेन्द्र यादवको जसपाबाट अलग्गिनु भएको हो ?
पहिला नै समाजवादी केन्द्र बनाउने र त्यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी अनि वामदेव जी र हाम्रो योजना थियो । तर त्यो सफल भएन । अब यो गठबन्धनमा गएर चुनाव गर्दा राम्रो हुन्छ भन्ने हाम्रो योजना छ । पहिलाको पाँच दलीय गठबन्धनमा हाम्रो पनि हिस्सा छ । हिजो हाम्रो डाक्टर बाबुराम भट्टराई र प्रचण्डबीचमा छलफल भएको थियो । त्यसको लागि एउटा योजना बनाएर दुवै तर्फबाट टिम बनाएर छलफल गर्नु पर्दछ । हाम्रो धारणा त कतै कसैको टिममा नगएर एउटा नयाँ टिम लिएर जाऊ भन्ने पनि छ ।

जसपाबाट छुटेर फेरि जसपा सम्मिलित सत्ता गठबन्धनभन्दा प्रचण्डसँग मिल्नुमा बढी फाइदा देख्नु भएको हो ?
जसपा पहिलेदेखि नै गठबन्धनमा छ । त्यतिबेला त्यसको नेतृत्व त डाक्टर बाबुराम भट्टराईले नै गर्नु भयो । गठबन्धन प्रति हाम्रो अधिकार छ । जहाँ सम्म नेपाली कांग्रेससँगको छुट्टै कुरा छ । हामी एउटा मुद्दा बनाएर समाजवादी बनाएर जाने पहल थियो । तर त्यो हुन सकेन अब प्रचण्ड जी, माधव जी र नेसपाको मिलाएर अगाडि बढ्ने छलफल भइरहेको छ । त्यो कत्तिको सफल हुन्छ । हेर्दै जाऔँ ।

अब चुनावमा कसरी अगाडि बढ्नुहुन्छ, माओवादीसँग एकताको कुरा छ, कतै यो चुनावका लागि निकालिएको कुरा मात्रै त होइन नि ?
पुरानो सेन्ट्रल कमिटी मेम्बर हामीसँग २०५ जना छौँ । अलि बढी पनि होला । तर त्यसमा १५० जना कहिले कता जान्छन् । कहिले कता पहिला हाम्रो ५०० जना कमिटी सदस्य थिए । तर अहिले पुरानो १५२ जना हाम्रो साथमा छन् । उहाँहरूकोमा धेरै होला । तर नेता कार्यकर्ता कति छन् भनेर भन्न मिल्दैन । नेता कार्यकर्ताहरू आउने जाने क्रम भइरहन्छ । जहाँसम्म माओवादीसँग एकताको विषय छ, यो छलफल चलिरहेको विषय हो । छलफल निष्कर्षमा पुगेपछि मात्रै भन्न सकिन्छ ।

जसपा फुटाएर छुट्टै पार्टी बनाउन तपाईहरु पहिलेदेखि नै सक्रिय रहेको चर्चा छ नि ?
पार्टी फुटाउनै थियो भने उहाँको नयाँ शक्ति पार्टी र हाम्रो राजपा थियो । हामी किन त्यहाँ गयौँ त । महेन्द्र यादव सांसद बन्नु भयो । त्यहाँको मसाल छापमा लेख्नु भएको थिएन । बाबुराम जी जाँदा त्यहाँको मसाल छापमा लेख्नु भएको थिएन । एउटा मिसन भएर यो देशमा पछाडि पारिएका कांग्रेस र कम्युनिस्टको एउटा धार तयार गरेर नीति मिलाउनको लागि यो पछाडि पारेका जाति जनजाति सबैलाई अगाडि बढाएर अगाडि बढ्ने कुरा बनाए । तर त्यो रूपान्तरण हुन सकेन । उहाँको एउटा क्षेत्रीय पार्टी बनाएर २ नम्बर प्रदेशमा बुझाउने करा गर्ने । तर त्यसलाई व्यवहारमा नउतार्ने । उपेन्द्र यादवको पार्टी भनेको एउटा क्षेत्रीयतावादी पार्टी हो । यसले हिमाल पहाड तराई कसैलाई पनि समेट्दैन ।

पार्टी फुटाउन बाबुराम भट्टराईको गल्ती छैन त्यसोभए ?
म एक सय चोटि भन्छु उहाँको कुनै गल्ती छैन । उहाँलाई ठुलो दुःख छ । उहाँले त सबैलाई मैले गल्ती गरेको भए आउनु छलफल गरौँ भन्नु भएको छ ।

यदि प्रचण्डसँग पनि कुरा मिलेन, एकता नहुने भयो, सत्ता गठबन्धनसँग पनि तालमेल हुन सकेन भने एक्लै चुनाव लड्ने योजना हो तपाईहरुको ?
एक्लै लड्नको लागि नै पार्टी दर्ता गरेको हो । हामी हाम्रो शक्तिको आधारमा लड्छौँ । राम्रोसँग गठबन्धन गर्यो भने हामी गठबन्धन गछौँ । ७७ जिल्लामा नै हाम्रो सङ्गठन छ । एक्लै पनि लड्न तयार छौँ । जनताको हातमा हुन्छ, कसको मत कति हुन्छ भन्ने त चुनावको नतिजाले भनिहाल्छ नै ।

मधेस आन्दोलनमा लागेका पार्टीहरूसँग तपाईहरुको छुट्टै गठबन्धन बन्न सक्छ कि सक्दैन ?
हाम्रो त्यो विषयमा नै त कुरा भएको छैन । तर एमाले अध्यक्ष केपी शर्मा ओलीजीसँग डा.बाबुराम भट्टराईको छलफल भएको छ । हाम्रो विचार मिल्नेहरूसँग एकता वा गठबन्धन गर्न सकिने त विधानमा नै छ ।

अन्तिममा, तपाई कुन क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ ?
म बाराको क्षेत्र नं २ बाट प्रतिनिधि सभामा उठ्छु । पहिला पनि त्यही क्षेत्रबाट नै दाबी गरेको थिएँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ०९ बजे

सत्तापक्षले सदन कब्जा गर्न खोज्नु लज्जास्पद : पुष्पकुमार शाही

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन

भागबन्डा नमिल्दा कोशी सरकार बिस्तार अन्योलमा, आर्थिक मामिलामा अड्कियो हलो

विराटनगर– सत्ता साझेदार दलहरूबीच भागबन्डामा कुरा नमिल्दा कोशी प्रदेशको मन्त्रिमण्डल

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने

शुक्रबार बिहान आयोजित का‌ंग्रेस संसदीय दलको बैठक काठमाडौं- नेपाली कांग्रेस

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट