अझै परेन पानी, भएन रोपाइँ | Khabarhub Khabarhub

अझै परेन पानी, भएन रोपाइँ


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धान खेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन् ।

स्थानीयवासी सोहनलाल यादवले नरैनापुर क्षेत्रमा पर्याप्त बर्सात नभएका कारण अहिलेसम्म करिब १५ प्रतिशत मात्र धान रोपाइँ भएको जानकारी दिए। उनले भने , “रोपाइँ भएको धान पनि खडेरीले गर्दा सुक्दै गएको छ । ”

नरैनापुरमा खडेरीका कारण हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए। नरैनापुरमा धान खेती हुने क्षेत्रफल करिब चार हजार दुई सय हेक्टर रहेको जनाइएको छ ।

बर्सात नभएर धान रोपाइँ हुन नसकेपछि नरैनापुर गाँउपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । वैकल्पिक सिँचाइको उपाय गरेर लगाएको धानबालीसमेत खडेरीका कारण नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए ।

गाउँपालिकाले सुक्खा क्षेत्र घोषणा भइसकेकाले किसानका लागि विशेष राहतको प्याकेज ल्याउन प्रदेश र सङ्घीय सरकारसँग गाउँपालिकाले आग्रह गरेको छ । खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र संघीय सरकारको यथेष्ट ध्यान पुग्न जरुरी रहेको गाउँपालिका अध्यक्ष साहको भनाइ रहेको छ ।

बाँकेको अन्य क्षेत्रमा भने धान रोपाइँ भइसकेको छ । जिल्लाका अन्य क्षेत्रमा  ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सबैभन्दा धेरै नरैनापुरसँग जोडिएको राप्तीसोनारी गाउँपालिकामा शतप्रतिशत रोपाइँ भएको छ । वैजनाथ गाउँपालिकामा ९९ प्रतिशत, डुडुवा गाउँपालिकामा ९८ प्रतिशत, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा ९७ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा ९६ प्रतिशत रोपाइँ भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १२ : २७ बजे

क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने

काठमाडौैं – फ्रान्स र बेलायतपछि क्यानडाले प्यालेस्टाइनलाई सेप्टेम्बर महिनादेखि लागु

देशभर मनसुनी वायुको प्रभाव, मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भारत विरुद्धको टेस्ट इंग्ल्यान्डका कप्तान स्टोक्सले नखेल्ने

काठमाडौं – इंग्ल्यान्डले भारतसँग बिहीबार ओभलमा पाँचौ टेस्ट खेल्दैछ। यो

रुससँग हतियार किनेको भन्दै अमेरिकाले भारतीय सामानमा लगायो २५ प्रतिशत कर

वाशिङ्टन – रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले

खीर खाएर आज साउन १५ मनाइँदै

काठमाडौं – साउन १५ गते आज नेपाली समाजमा खीर खाएर