युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित « Khabarhub

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता सम्पन्न भएको छ।

१६औँ भारत–ईयू शिखर सम्मेलनका क्रममा भएको भारत–ईयू यो सम्झौताले अब अमेरिकी दबाब कम गर्नेछ ।

यो सम्झौताले विश्वका चौथो र दोस्रो ठूलो अर्थतन्त्रलाई आपसमा जोडेको छ । जसले संयुक्त रूपमा विश्वको करिब २५ प्रतिशत कुल गार्हस्थ उत्पादन (जीडीपी) प्रतिनिधित्व गर्छन्।

सम्झौताअन्तर्गत वस्तु तथा सेवा व्यापार, व्यापार उपचार, उत्पत्तिको नियम, भन्सार तथा व्यापार सहजीकरणजस्ता परम्परागत क्षेत्रसँगै साना तथा मझौला उद्यम, डिजिटल व्यापारलगायत उदीयमान क्षेत्र समेटिएका छन्।

एफटीए कार्यान्वयनसँगै भारतका ९९ प्रतिशतभन्दा बढी निर्यातले युरोपियन युनियनमा प्राथमिकतासहित प्रवेश पाउने छन् । जसले निर्यात वृद्धिका लागि ठूलो सम्भावना खोल्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

यस सम्झौताबाट साना तथा मझौला उद्योग (एएसएमईएस) लाई नयाँ अवसर सिर्जना हुने छ । यसका साथै महिला, दक्ष श्रमिक, युवा र पेशेवरहरूका लागि रोजगारी विस्तार हुने अपेक्षा गरिएको छ।

भारतबाट करिब ६.४१ लाख करोड भारतीय रुपैयाँ (७५ अर्ब अमेरिकी डलर) बराबरको निर्यातमा तीव्र वृद्धि हुने अनुमान गरिएको छ।

विशेषगरी लुगा, छाला, समुद्री उत्पादन, रत्न तथा गहनाजस्ता श्रमप्रधान क्षेत्रका करिब ३३ अर्ब अमेरिकी डलर बराबरका निर्यातले प्राथमिक पहुँचका कारण ठूलो लाभ पाउने बताइएको छ।

सम्झौतामा ‘मेक इन इन्डिया’ पहललाई प्रवर्द्धन गर्ने गरी सन्तुलित रूपमा अटो क्षेत्र उदारीकरण तथा पारस्परिक बजार पहुँचको व्यवस्था गरिएको छ।

यसका साथै, भारतीय कृषि तथा प्रशोधित खाद्य उत्पादनका लागि पनि अनुकूल बजार पहुँच खुल्ने दाबी गरिएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार यो सम्झौताले भारत–ईयू आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने र दुवै पक्षका लागि दीर्घकालीन लाभ सिर्जना गर्नेछ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ५३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको