आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा कम राजस्व संकलन  « Khabarhub

आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा कम राजस्व संकलन 


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/८९ मा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा तीन अर्ब ९४ करोड ९९ लाख ७२ हजार मात्रै संकलन  गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा ३२ प्रतिशतले कम हो । 

कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी संकलन भएको छ । आयकरतर्फ एक अर्ब ३६ करोड ६७ लाख ६० हजार उठाउने लक्ष्य लिइएकामा एक अर्ब ४० करोड, ९२ लाख चार हजार संकलन भएको छ । स्वास्थ्य सेवा करतर्फ पाँच करोड ८९ लाख ७० हजार उठाउने लक्ष्य लिइएकामा  लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात नौ करोड ३७ लाख छ हजार संकलन  भएको छ ।

घर बहाल करतर्फ चार करोड ३७ लाख ३४ हजार संकलन गर्ने लक्ष्य लिइएकामा दुई करोड ७७ लाख २६ हजार संकलन  भएको छ । ब्याज करतर्फ चार करोड ९७ लाख ९१ हजार संकलन गर्ने लक्ष्य लिइएकामा दुई करोड ३७ लाख २२ हजार संकलन भएको सूचना अधिकारी पौडेलले बताए । मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४१ करोड ४९ लाख ४३ हजार संकलन गर्ने लक्ष्य लिइएकामा ९६ करोड ४८ लाख ५९ हजार संकलन  भएको छ । अन्तशुल्क करतर्फ रु दुई अर्ब ८४ करोड ७० लाख ७९ हजार संकलन गर्ने लक्ष्य लिइएकामा रु एक अर्ब ४३ करोड सात लाख ४१ हजार संकलन गरिएको छ । जुन लक्ष्यभन्दा ५० प्रतिशत कम हो ।

कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरे पनि १३ हजार संकलन भएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको थियो ।  उक्त आर्थिक वर्षमा रु चार अर्ब ५० करोड १० लाख ५४ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकामा पाँच अर्ब ५३ करोड ६ लाख ३० हजार १२३.५४ प्रतिशत राजस्व संकलन भएको थियो ।

सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन हुनाको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको असर रहेको जनाए । चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले रु चार अर्ब ७६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ । 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ३५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने