द्वन्द्वका क्रममा यौन हिंसामा परेका महिलाहरूले कहिले न्याय पाउने ?  « Khabarhub

द्वन्द्वका क्रममा यौन हिंसामा परेका महिलाहरूले कहिले न्याय पाउने ? 


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई कारबाही गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्  । महिला गैरसरकारी संस्था महासंघ र संकल्प नामक संस्थाको आयोजनामा राजधानीमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरूले यो वा त्यो बहानामा त्यस्ता व्यक्तिहरूलाई कारबाही नगरेमा त्यसको नतिजा राम्रो नहुने चेतावनी दिए ।

अधिवक्ता राजुप्रसाद चापागाईंले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा न्यूनतम परिमार्जनका लागि सुझावहरू प्रस्तुत गरे । ‘गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई प्रत्यक्ष वा परोक्ष रूपमा उन्मुक्ति दिने, क्षमादान दिने, माफी दिने जस्ता कुरालाई अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले स्वीकार गर्दैन, जसको हामी पक्ष राष्ट्र पनि छौँ’, उनले भने, ‘हामीले यही रूपमा पास गरेर यो पक्रियामा अगाडि बढ्यौँ भने यसको नतिजा यहाँबाट टुङ्ग्यायौँ भनौँला तर वास्तविकतामा यो टुङ्गिँदैन ।’

वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य एकराज भण्डारीले यो राजनीतिले निम्त्याएको समस्या भएकाले समाधान पनि राजनीति बाट सम्भव हुने विचार राखे ।  कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले यस विधेयकलाई यही सदनले छिट्टै संशोधन गरेर पीडितलाई न्यायको अनुभूति गराउनुपर्नेमा जोड दिइन् ।

वरिष्ठ अधिवक्ता मिरा ढुंगानाले सशस्त्र द्वन्द्वमा यौन हिंसामा परेका महिलाले परिपूरणको पनि प्राप्त नगरेका हुनाले यस्ता कुरामा विधेयकले कतिको सम्बोधन गरेको छ भन्ने विषयमा महिला सांसदले ध्यान दिनुपर्ने बताइन् ।

यस विधेयकमा भएका कमीकमजोरीलाई सच्याएर कसरी पीडितले न्याय पाउँछन् भन्नेमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने संकल्पकी महासचिव कला स्वर्णकारले बताइन् । त्यसैगरी संकल्पकी अध्यक्ष संगीता लामाले यस विधेयकलाई जति सक्दो चाँडो संशोधन गरेर सशस्त्र द्वन्द्वका पीडितलाई न्यायको अनुभूति गराउनु राज्यको दायित्व भएको जनाइन् ।

सांसद पार्वती बिसंखे र अमृता थापाले यस विधेयकको संशोधनका लागि आफूहरूले सदनमा सक्रिय भूमिका निभाउने प्रतिबद्धता जनाए । नेपालमा कानुन, गृह र शिक्षा प्यारालाइसिस भएकाले जबसम्म कानुन बलियो हुँदैन तबसम्म पीडितले न्याय नपाउने राप्रपा नेतृ नीना भेटवालले बताइन् ।

त्यसैगरी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोलाले पार्टीगत रूपमा पनि छलफल चलाएर मात्र सदनमा छलफल गरे प्रभावकारी हुने विचार व्यक्त गरिन् । सर्वोच्च अदालतले ऐन संशोधन गर्न आदेश गरेको ८ वर्ष पछि गत ३१ असारमा सरकारले संसदमा दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलाउन कार्यक्रमको आयोजना गरिएको महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष डा.शशी अधिकारीले बताइन्

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ५८ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट