जुम्ली खस भाषाको अभिलेखीकरण गरिँदै  « Khabarhub

जुम्ली खस भाषाको अभिलेखीकरण गरिँदै 


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्ली खस भाषाको अभिलेखीकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्न प्रक्रिया थालेको हो  ।

खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थालेको सिंजा गाउँपालिकाअध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘खस भाषा आयोगमा लिपिबद्ध गर्न पहल सुरु भएको छ । आयोगको टोली जुम्लाको सिंजामा पुगेर पाँच वटा खस लिपीको मानक प्रमाणित गरेको छ ।’

अध्यक्ष धितालले गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरिएको छ । अब स्थानीय तह र सरोकारवालहरूको बैठक बसेर थप छलफल गर्न जोड दिएको छ ।

अब खस भाषाको लिपी भएको शब्दकोश अभिलेखीकरण तथा कम्प्यूटराइज गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको छ । यसका साथै खस भाषा अभिलेखीकरणका लागि झिँजामै प्रशिक्षण सञ्चलन गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ ।

२४ स्वर र ४१ वटा व्यन्जन वर्ण टुंगो लाग्यो 
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले खस भाषा अभिलेखिकरणका विषयमा आयोगले प्रथामिकता दिएको बताए । खस भाषा अभिलेखिकरणका लागि राष्ट्रपतिकोमा प्रतिवेदन समेत पठाइएको छ ।

अध्यक्ष अवस्थीका अनुसार खस भाषाका २४ स्वर र ४१ वटा व्यन्जन वर्ण समेत आयोगले तयार पारिसकेको छ । उनले भने, ‘वर्ण पहिचानका विषयमा स्थानीय डिल्लीप्रसाद तिवारीसहितका जानकारहरूबाट सहयोग प्रदान भएको छ  ।’

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : २७ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,