आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित हुँदै नेवार समुदाय « Khabarhub

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित हुँदै नेवार समुदाय


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर, पछिल्लो समयमा बसाइँसराइका कारण यहाँ अन्य जातजातिका मान्छेहरूको बाक्लो उपस्थिति बन्दै गएको छ । साथै, राजनीतिक तथा सामाजिक मुद्दाहरूमा काठमाडौंका नेवार समुदायलाई सबैले विशेष महत्व दिने गर्छन् ।

तर, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारहरूको सामुदायिक प्रतिनिधित्व हेर्दा भने नेवार समुदायको उपस्थिति कमजोर बनेको देखिएको छ ।

काठमाडौं जिल्ला भित्रका १० वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको जातीय पृष्ठभूमि हेर्दा नेकपा (एमाले)ले सबैभन्दा बढी ५ जना नेवार समुदायको प्रतिनिधित्व गराएको देखिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले नेवार समुदायलाई समेट्न सकेको देखिँदैन ।

काठमाडौंमा एमाले पछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नेवार समुदायबाट सबैभन्दा धेरै ४ जना उम्मेदवार चुनावी मैदानमा उतारेको छ भने कांग्रेस र रास्वपाले १-१ जनालाई मात्रै सो समुदायबाट उम्मेदवार बनाएका छन् ।

काठमाडौंका १ देखि ५ सम्मका निर्वाचन क्षेत्रमा मुख्य पाँच दलमध्ये कुनैले पनि नेवार समुदायको उम्मेदवार उठाएका छैनन् । ती निर्वाचन क्षेत्रबाट ब्राम्हण र क्षेत्री समुदायको उम्मेदवारको मात्रै वर्चस्व देखिएको छ ।

त्यसपछि, काठमाडौं ६ मा नेवार समुदायबाट एमालेले मात्रै नेवार समुदायको प्रतिनिधित्व गर्ने अमनकुमार मास्केलाई उम्मेदवार बनाएको छ । जहाँबाट कांग्रेसले कृष्ण बानियाँ क्षेत्री, नेकपाले हिमाल शर्मा, रास्वपाले शिशिर खनाल र राप्रपाले उद्धवराज भेटुवाललाई उम्मेदवार बनाएका छन् ।

काठमाडौं ७ बाट भने एमाले र नेकपा दुवै दलले नेवार समुदायको प्रतिनिधित्व हुनेगरी उम्मेदवार चुनावी मैदानमा उतारेका छन् । सो निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट प्रकाश श्रेष्ठ र नेकपाको तर्फबाट बसन्तप्रसाद मानन्धर चुनावी मैदानमा छन् ।

तर, सो निर्वाचन क्षेत्रमा कांग्रेसले प्रमोदहरि गुरागाइँ, रास्वपाले गणेश पराजुली र राप्रपाले लालकुमार लामालाई उम्मेदवार बनाएको छ । काठमाडौं ८ मा एमाले, कांग्रेस, नेकपा र रास्वपाको उम्मेदवारीको प्रतिनिधित्व नेवार समुदायको तर्फबाट भएको छ । 

सो निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट राजेश शाक्य, कांग्रेसको तर्फबाट सपना राजभण्डारी, नेकपाको तर्फबाट सुमन सायमी र रास्वपाको तर्फबाट विराजभक्त श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

सो निर्वाचन क्षेत्रमा राप्रपाले भने नवीन शाहीलाई उम्मेदवार बनाएको छ । काठमाडौं ९ मा एमालेले अजयक्रान्ति शाक्य र नेकपाले राधाकृष्ण महर्जनलाई उम्मेदवार बनाएका छन् भने कांग्रेस, रास्वपा र राप्रपाले भने उम्मेदवारीमा नेवार समुदायलाई समेट्न सकेको देखिँदैन ।

सो निर्वाचनमा क्षेत्रमा कांग्रेसको तर्फबाट नानुमैयाँ बास्तोला, रास्वपाको तर्फबाट डोलप्रसाद अर्याल र राप्रपाको तर्फबाट दिलकुमार कार्की उम्मेदवार छन् ।

काठमाडौं १० मा पनि एमाले र नेकपाले मात्रै नेवार समुदायका उम्मेदवार चुनावी मैदानमा उतारेका छन् । एमालेको तर्फबाट विनोद श्रेष्ठ र नेकपाको तर्फबाट रूपा महर्जन (श्रेष्ठ) उम्मेदवार छन् ।

सो निर्वाचन क्षेत्रमा कांग्रेसले हिमाल कार्की, रास्वपाले प्रदिप विष्ट र राप्रपाले बलराम थापालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : ५० बजे

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको