दक्षिण कोरियामा ६२ हजार कोरोना भाइरस सङ्क्रमित थपिए « Khabarhub

दक्षिण कोरियामा ६२ हजार कोरोना भाइरस सङ्क्रमित थपिए


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ ।

केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा अहिले भने घटेको पाइएको छ । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २४ हजार ८२९ रहेको थियो ।

अहिले सङ्क्रमित अवस्थामा रहेका मध्ये ५२१ जनाको अवस्था गम्भीर रहेको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा नौ बढी हो ।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ५० भन्दा बढीको मृत्यु भएको छ । त्योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या २५ हजार ६७३ पुगेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : ४२ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता