बन्चरे डाँडाका प्रभावितद्वारा आन्दोलन स्थगितको घोषणा « Khabarhub

बन्चरे डाँडाका प्रभावितद्वारा आन्दोलन स्थगितको घोषणा


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बन्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरूले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा पत्रका सम्मेलन गर्दै बञ्चरे डाँडा फोहोर ल्याडफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।

 गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदन अनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए । उनले सरकारले गरेको निर्णयमा प्राविधिक टोलीले ३ महिनाभित्र तथ्यगत रपोट तयार गर्ने र सो रिपोर्टको आधारमा काम अघि बढाइने उल्लेख गरे । ३ महिनासम्म सम्पूर्ण सिसडोल फोहोर व्यवस्थापन संघर्ष समितिहरूले आफ्नो आन्दोलन रोकेर प्राविधिकको टोलीलाई सहयोग गर्ने उनले बताए । 

उनले राज्यको प्रतिनिधित्व गर्ने काठमाडौं महानगरले धेरै वर्षदेखि स्थानहरूलाई अवान्छित रुपमा समस्या खडा गरेर चुप बसेको भन्दै उक्त कार्य फेरी नदोहोर्याउन समेत चेतावनी दिए । प्राविधिक टोलीले तथ्यगत र स्थानीयको भावनालाई बुझेर रिपोर्ट बनाउनेमा आफू विश्वस्त भएको उनको भनाई छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ०६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने