नगर सभाबाट केही दिनमै बजेट सार्वजनिक हुन्छ : नगरप्रमुख चलाउने « Khabarhub

नगर सभाबाट केही दिनमै बजेट सार्वजनिक हुन्छ : नगरप्रमुख चलाउने


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले नगर सभाबाट केही दिनमै बजेट सार्वजनिक गर्ने बताएकी छन् ।

नगरपालिकामा विभिन्न घटना प्रकरणका कारण ढिलाइ हुन पुगेको नगर सभा अब केही दिन भित्रै सञ्चालन गरी नगरपालिकाको बजेट सार्वजनिक गर्ने तयारी भएको बताएकी हुन्।

अन्तरसरकारी वित्त ऐन ०७४ अनुसार संघीय सरकारले १५ जेठ र स्थानीय तहहरूले १० असारभित्रै बजेट प्रस्तुत गरिसक्नु पर्छ । ऐनअनुसार अछामका १० स्थानीय तहमध्ये नौ वटाले बजेट सार्वजनिक गरे पनि पञ्चदेवल नगरपालिकाको नगर सभा समेत हुन सकेको छैन ।

नगरपालिका वडा नम्बर ४ कालिकास्थानका १५ वर्षीय किशोर विनोद शाहीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै माग गर्दै करिब एक महिना जति नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै नगर प्रमुख चलाउनेलाई हत्या आरोप लगाएका थिए । बजेटको विषयमा कुनै विवाद नभए पनि पन्चदेवल विनायक घट्नाका कारण बजेट निर्माण ढिलाइ भएको उनको भनाई छ   ।

भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावमा पराजय भोगेका प्रतिपक्ष दलहरूले किशोर मृत्यु प्रकरणलाई राजनीतिक मुद्दा बनाई नगरपालिकाको कामकाज समेत ठप्प राखेका थिए ।सोही घटनाका कारण नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को करिब ५० प्रतिशत बजेट फ्रिज गएको छ ।

उक्त घट्नाका विषयमा आन्दोलनरत पक्षसँगै केही सम्झौता भएपछि अब बजेट निर्माणको प्रक्रिया अघि बढेको मेयर चलाउनेले बताइन् । बजेट निर्माण पक्रियाको लागि सम्पूर्ण विषयगत शाखाले तयारी गरिरहेको समेत नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : ३६ बजे

संविधानले विविधतासहितको एकतालाई आत्मसात गरेको छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो

प्रधानमन्त्री कार्कीबाट ‘तमु ल्होसार’को शुभकामना

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव

बलिउड अभिनेता हर्षवर्धन राणे नयाँ फिल्म ‘शूटआउट इन दुबई’सँग जोडिँदै

काठमाडौं– बलिउड अभिनेता हर्षवर्धन राणेलाई चर्चित ‘शूटआउट’ फ्रेन्चाइजको नयाँ अध्याय

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५०