युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु « Khabarhub

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै धेरै घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार रेलमा लक्षित ड्रोन आक्रमणले पाँच यात्रुसहित मंगलबार युक्रेनभरि कम्तीमा १२ जनाको ज्यान लिएको केही घण्टापछि यो ताजा आक्रमण भएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बमबारीले शान्ति प्रयासलाई कमजोर बनाएको उल्लेख गर्दै युद्ध अन्त्य गर्न मस्को माथि दबाब बढाउन सहयोगीहरूलाई आग्रह गरेका छन् । 

“बिलोगोरोद्स्का समुदायमा, एक पुरुष र एक महिलाको आक्रमणको कारण मृत्यु भएको किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलाश्निकले टेलिग्राम मार्फत जनाउनु भएको छ।  

युक्रेन प्रहरीले पछिल्लो बयानमा मृत दम्पतीको चार वर्षीय बच्चासहित आक्रमणमा अन्य तीन जना घाइते भएको बताएको छ ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जमका अनुसार मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।

अमेरिकी संयोजकत्वमा गत हप्ता संयुक्त अरब इमिरेट्समा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले रूस र युक्रेनी वार्ताकारहरू बिच छलफल भए पछि धेरै युक्रेनीहरूलाई अत्यधिक  चिसो र जाडोको समयमा उर्जा विहीन बनाउन घातक आक्रमणहरू जारी रहेको जनाइएको छ । 

जेलेन्स्कीका अनुसार अर्को चरणको वार्ता आगामी फेब्रुअरी– १ मा हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  २ : ०४ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा