बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार काठमाडौं महानगरपालिका २३ स्थायी घर भई हाल सोही महानगरपालिका १७ ढल्कु बस्ने कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्षसमेत रहेका फरार प्रतिवादी रामेश्वर श्रेष्ठ पक्राउ परेका हुन् ।

प्रतिवादी श्रेष्ठसहितले ज्योति बिकास बैंक असन काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दे उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा प्रतिवादी श्रेष्ठलालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३० दिन कैद र १० लाख रुपैंयाँ जरिवाना ठहर गरेको थियो ।

सजाय तोकिए पश्चात फरार रहेका श्रेष्ठलाई सिआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवम् पक्राउको लागि परिचालित टोलीले आज सोमबार काठमाडौंको कपनबाट उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : १६ बजे

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको