मेनेन्जाइटिसको उपचार नगरे बच्चाको मृत्यु हुन सक्छ | Khabarhub Khabarhub

मेनेन्जाइटिसको उपचार नगरे बच्चाको मृत्यु हुन सक्छ

‘तत्कालै मतिष्कमा आक्रमण गर्ने रोगले बच्चा सुस्त मनस्थितीको हुन सक्छ’



काठमाडौँ – मेनिन्जाइटिस रोग संक्रमणबाट लाग्ने रोग हो। मानिसको टाउकोभित्र मस्तिष्क छोप्ने एक खालको पर्दा हुन्छ । जसलाई मेनेन्जेन भनिन्छ। त्यहीँ हुने संक्रमणलाई मेनिन्जाइटिस भनिन्छ। मेनिन्जाइटिस विशेष गरी ४ प्रकारका हुन्छन्। त्यसमा पनि सबै भन्दा बढी देखिने ब्याक्टेरियाबाट हुने मेनिन्जाइटिस हो। भाइरल, केमिकल, फङस र प्यारासाइटिक कारणले मेनिन्जाइटिस हुने गर्दछ। बालबालिकामा हुने ब्याक्टेरियल मेनिन्जाइटिसको बारेमा बाल रोग विशेषज्ञ डाक्टर संगीता शाक्यसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

मेनिन्जाइटिस भनेको कस्तो रोग हो ? यसलाई हामीले कसरी बुझ्ने ?
मेनिन्जाइटिस भनेको मस्तिष्कमा हुने एउटा इन्फेक्सन हो। त्यसले गर्दा ज्वरो एकदम हाई फिवर आउने र पछि गएर त्यसले ब्रेनमा असर पर्दछ । त्यसैले यो रोग एकदमै खतरनाक मानिन्छ । त्यसले एक पटक ब्रेन ड्यामेज गर्याे भने त्यसको उपचार गर्दा गर्दै पनि धेरै समस्याहरू आउन सक्छ । पछि गएर लामो समय त्यो बच्चालाई रगत छोड्ने गर्दछ । त्यसैले समयमा नै रोग के हो ? भन्ने बारेमा पत्ता लगाएर उपचार गर्नु पर्दछ । हामीले बिरामीमा मेनिन्जाइटिसको भ्याक्सिनहरू पनि लगाउनुहोस् भन्छौँ । मेनिन्जाइटिसलाई साधारण अर्थमा हामी ‘ब्रेन फिभर’ भन्छौँ ।

बालबालिकामा यो रोग धेरै देखिन्छ भनिएको छ, कारण के हो ?
यो भाइरलको कारणले हुन सक्छ। धेरै ब्याक्टेरियल मेनिन्जाइटिस कमजोर बच्चाहरूलाई धेरै हुने रोग हो । कुनै बच्चालाई धेरै इन्फेक्सन देखा पर्दछ कुनै बच्चाले पचाउँछन् । बिशेष गरी इम्युनिटी कम भएको बच्चालाई धेरै समात्ने हो । यो इन्फेक्सनले हुन्छ ।

बालबालिका बाहेक यो ब्याक्टेरियले मेनिन्जाइटिस अरू मान्छेमा हुन्छ कि हुँदैन ?
ठुलो मान्छेमा पनि हुन्छ । उनीहरूमा यो रोगसँग लड्न सक्ने शक्ति हुन्छ । त्यसैले बच्चाहरूमा बढी देखा पर्दछ। त्यसमा पनि नवजात शिशुहरूमा कम तौल भएकोहरुमा धेरै देखा पर्दछ।

बच्चाहरूमा कस्ता लक्षणहरू देखा पर्दछन् ?
पहिला धेरै ज्वरो आउँछ । बच्चामा वान्ता गर्ने टाउको दुख्ने हुन्छ । घाँटीको तल्लो भाग र पछाडिको भागमा दुख्ने हुन्छ । त्यो हुँदा हामीले वान्ताबाट पानी निकालेर फाइनान फ्लुइक भनेर एउटा जाँच गर्नु पर्दछ । हाम्रो कफमा भएको पानीहरू ब्रेनमा गएर तल सर्कुलेट हुन्छ । त्यो पानीलाई हामीले नम्बर फङचर भनेर एउटा सानो प्वाल पारेर पानी निकालेर जाँच गछौँ, त्यसमा मेनेन्जाइटिस एन्फेक्सन देखा पर्याे भने त्यो बच्चालाई हामीले २१ दिनसम्म एन्टिबायोटिक दिनै पर्छ । एक पटक मेनिन्जाइटिस भएको बच्चालाई पछि पनि दोहोरिन सक्छ ।

वयस्कहरूमा कस्तो लक्षणहरू देखा पर्छ त ?
वयस्कहरूमा पनि त्यही नै हो । बच्चाहरूले भन्न सक्दैन, ठुलोमा लाइटहरूमा हेर्न मन पराउँदैन । त्यो एउटा फोटो फोइबा भन्ने सिस्टम देखा पर्दछ ।

कुन किसिमको मेनिन्जाइटिस भयो भने धेरै जटिल हुन्छ ?
‘द कील मेनिन्जाइटिस’ एकदमै जटिल र छिटो हुन्छ । पछिसम्म बच्चालाई निको त हुन्छ । तर बच्चा सुस्त मनस्थितिको हुन्छ । बच्चामा ४ दिन भन्दा धेरै ज्वरो आयो भने हामी रगत जाँच गराउँछौँ । मेनिन्जाइटिस सानो बच्चाहरुमा सर्न सक्छ तर ठुलोमा सर्न सक्ने सम्भावना कम हुन्छ।

समयमा नै उपचार गरिएन भने पछि कस्तो असर देखा पर्दछ ?
समयमा उपचार गरिएन भने बच्चाको मृत्यु पनि हुन सक्छ। पछि गएर बच्चा सुस्त मनस्थितिको हुने, खुट्टा, हात चल्दैन। बोली पनि हुँदैन। ठुलो मान्छेहरूको प्यारालाइसिस जस्तो हुने हुन्छ। १० वर्षको बच्चा पनि २ वर्षको जस्तो देखिने हुन्छ।

यो रोग लागे पछि कस्तो खाना खानुपर्छ ?
खानेकुरासँग यो सम्बन्धित हुँदैन । बच्चामा ज्वरो कस्तो छ, त्यो हेरेर हामी कस्तो खाना खाने भनेर सल्लाह दिन्छौ। इन्फेक्सनलाई कन्ट्रोल गर्न  औषधि चलाउँछौँ । त्यो राम्रो क्वालिटीको र पुरा २१ दिनसम्म चलाउनु पर्दछ। उसले जे खान रुचाउँछ, त्यो दिँदा हुन्छ।

यो रोग लागेपछि हामीले सावधानी कसरी अपनाउने ?
बच्चामा इम्युनिटी पावर बढाउने खाना खुवाउने गर्नुपर्दछ। मेनिन्जाइटिसको खोप बच्चालाई एक पटक जसरी भए पनि दिनुपर्छ । रोग भए पछि उपचार गर्ने भन्दा पनि पहिला कसरी बच्ने भनेर सचेत हुनुपर्दछ ।

बच्चालाई कुन उमेरमा भ्याक्सिन लगाउँदा राम्रो हुन्छ ?
९ महिना देखि माथि सबैले लगाउन मिल्छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?
म बाल रोग विशेषज्ञ भएर काम गरेको १५ वर्ष भयो । रोग लागेर उपचार गर्दा खर्च लाग्छ त्यो दुःख लाग्दैन तर रोग लाग्नबाट बच्न एउटा खोप लगाउन पर्दा हामी नेपालीहरुलाई धेरै दुख लाग्‍ने गरेको पाइन्छ । यो सोच हामीले बदल्नु पर्छ । लुगा फाटामा बच्चालाई ५ हजारको खर्च गर्नुभन्दा बच्चालाई खोप लगाउनु राम्रो हो। बच्चाको स्वास्थ्यलाई महत्वपूर्ण ठान्नु पर्याे । जुन रोगको खोप छैन । त्यो छुट्टै कुरा हो । जुन रोगको खोप त्यो लगाएर स्वास्थ्य रहनु होस् भन्न चाहन्छु ।

 (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ७ : ०७ बजे

जेन-जी आन्दोलनमा क्षतिग्रत सरकारी संरचनाको परिक्षण

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका

कर्णालीका ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार– कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौं– समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन

तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र

काठमाडौं – अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी