‘ललितपुरमा निजी स्रोतका शिक्षक राख्न रोक लगायौँ’ « Khabarhub

‘ललितपुरमा निजी स्रोतका शिक्षक राख्न रोक लगायौँ’

‘संघीय शिक्षा ऐन संघीयताको मर्म अनुसार ल्याउनुपर्छ’



काठमाडौँ- हामी हिजो संघबाट स्थानीयमा गएको व्यक्ति भएको कारणले सुरुमा जुन स्थानीय तहहरूमा कसरी काम गर्ने ? भनेर नक्सामा परेको ‘रेभिन्यु’ कसरी उठाउने भनेर अलमलिएका थियौँ । सुविधाजनक ठाउँमा कर्मचारी पनि धेरै भए । विकट ठाउँमा शिक्षा ल्याएर काम गर्नु पर्ने अवस्था भयो । हाम्रो यो ललितपुरको पहाडी क्षेत्रहरूमा पनि यी कामहरू भएपछि प्रदेशले विज्ञापन गरेर पठाएपछि पद पूर्ति भएको अवस्था पनि छ ।

ऐनमा पनि संघीयता पछिको संविधानमा स्थानीय शासन सञ्चालन ऐन पनि आयो । संविधानमा दुवै सदनको संयुक्त अधिवेशन बसेको दुई वर्षभित्र जुन संघीयतासँग बाझिने ऐनहरू निष्कय हुन्छ, भनिएको छ । तर हामीले २०२८ सालको शिक्षा ऐनलाई नै मानेर हिँडेका छौँ ।

ऐन नआउँदा काम गर्न साह्रै गाह्रो छ । ऐन नियम बनाएर काम गर भनिएको छ । स्थानीयहरूलाई संघमा नै ऐन नियम बनेको छैन । स्थानीयको पहिला बनाउँदा बाझिने भन्ने हुन्छ ।

त्यसैले यो संघीय शिक्षा ऐन नआउँदा धेरै कुराहरू बाझिएका छन् । त्यसैले मिलेका कुराहरूलाई जारी गर्दिनु पर्‍यो । नमिलेको कुराहरूलाई त संशोधन ल्याएर मिलाउन सकिन्छ ।

त्यसैले शिक्षा ऐन संघीयताको मर्म अनुसारको आउनु पर्‍यो । त्यसपछि स्थानीयहरूले पनि आत्मसात गर्छन् । र, शैक्षिक प्रशासनलाई गतिशील बनाएर लैजान सकिन्छ ।

हाम्रो नीतिले पनि धेरै सार्वजनिक शिक्षामा बाधा पुर्‍याएको छ । सबै सुविधाहरू माध्यमिक तहबाट गर्ने भयो । कम्प्युटरलाई पनि माध्यमिक तहमा मात्र पुर्‍याउने भयो । हामीले नगरपालिकाले आफ्नो व्यक्तिगत पैसा हालेर आधारभूत तहमा धेरै तालिमहरू पनि दियौँ । कक्षा कोठा व्यवस्थापन पनि गर्‍यौ ।

बोर्डिङ स्कुल बसले नै घरबाट नै लाने र ल्याउने गर्दछ । तर सरकारी स्कुलमा त्यो भएन । गार्डको पनि व्यवस्थापन भएन । यसमा तीन ओटा सरकारबाट नै कम भयो । कसैले दिने कसैले दिने भन्दा पनि सबै सरकारले शिक्षामा खर्च गर्नु पर्‍यो ।

शिक्षा सुधारको लागि अभिभावक र सुधारका संस्थाहरू अभिभावकको नै महत्त्वपूर्ण भूमिका रहन्छ । शिक्षक व्यवस्थापन गर्नु पर्दछ । जहाँ बढी शिक्षक अभिभावक सक्रिय छन् । त्यहाँ धेरै विकास भएको छ । खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्नु पर्दछ ।

भाषामा पनि सामुदायिकले पनि अंग्रेजीमा पढाउने भनियो । यो वर्ष पुस्तक नै आएन । बाहिर बोर्डिङ स्कुलका पुस्तकहरू लगेर पढाउनु भएको छ ।

विद्यालय व्यवस्थापन, हल निर्माणका कुराहरूमा ल्याबहरू बनाउने कुरामा सहयोग भएको छ । शिक्षकको संख्या बढी भएको कारणले हामीले निजी स्रोतका शिक्षक राख्न रोक लगाएका छौँ ।

शिक्षक चाहिन्छ भने हामीसँग माग्नुहोस् । हामी दिन्छौँ भनेको छौँ । तर एक दुई ठाउँमा कम्प्युटरका शिक्षकहरू वडाको सहयोगमा राख्नु भएको छ ।

वडाबाट पनि शिक्षामा सहयोग भएको छ । दिवा खाजामा पनि कहिलेकाहीँ दूध खुवाउने अण्डा खुवाउने कार्यक्रम पनि गर्नु भएको छ ।

हामीले ललितपुरमा मासिक रूपमा कर्मचारीले तलब खाँदा पाठ्य पुस्तक र छात्रवृत्तिमा नपुगेको भनेर विद्यार्थीलाई नदिएको भन्ने छैन । पुस्तकहरूको पैसा पनि पुगेको छ ।

यो सेनिटरी प्याडको कुरामा हामीले दुई वर्षदेखि दिन सकेको छैनौँ । शिक्षक व्यवस्थापन एउटा मुख्य कुरो रहेछ । सामुदायिक स्कुलहरूमा धेरै सुधार हुँदै गएका छन् ।

(खबरहबले आयोजना गरेको ‘संघीय शिक्षा ऐन र संघीयतामा शिक्षाको सुधार’ विषयमा ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्रीले राखेको धारणाको सम्पादित अंशः) [प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

https://www.facebook.com/watch/?v=1233966660728110

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १ : ५२ बजे

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट