जहाँबाट टिकट दिए पनि प्रत्यक्ष चुनाव लड्न तयार छु « Khabarhub

जहाँबाट टिकट दिए पनि प्रत्यक्ष चुनाव लड्न तयार छु

‘अहिले पनि दलीय नेताहरुको सोच सामन्ती राज्यसत्ताकै जस्तो छ’


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मसिर ४ का लागि तोकिएको चुनाव नजिकिँदै गर्दा टिकटको लागि नेताहरूको दौडधुप चलिरहेको छ भने सत्ता गठबन्धनमा सिट बाँडफाँडमा अझै कुरा मिल्न सकेको छैन । सिट बाँडफाँडको मुद्दा पेचिलो बन्दै गर्दा युवा नेताहरू यस पटक थोरै पाएको सिटबाट पनि आउट हुन सक्ने सम्भावना बलियो बन्दै गएको छ । युवा नेताहरू जसले आफूलाई बलियो दाबेदार र बिस्तारै नेपालको राजनीतिमा हाबी हुनु पर्ने जिकिर गरिरहेका छन् । उनीहरू नै यस पटक सिट बाँडफाँडमा थोरै पाइने सिटका कारण अलमलमा पर्न सक्ने वा ओझेलमा पर्न सक्ने सम्भावना कति छ? नेपालमा युवा नेताहरूको हावीसँगै खास गरी प्रतिनिधि सभाको कार्यकालका विषयमा उठेका प्रश्नहरूको विषयमा आधारित रहेर नेपाली कांग्रेसका युवा नेता प्रकाश रसाइलीसँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

गठबन्धनमा सिट बाँडफाँडको ढिलाइले तपाईँहरू जस्तो युवा नेताहरूमा कुनै अन्यौलता र अलमल छाएको छ कि छैन ?
१० लाख जति क्रियाशील सदस्यता भएको पार्टी नेपाली कांग्रेस हो। अहिले अरु चार तिर फर्किएका पार्टीलाई एकै ठाउँमा ल्याएर समानता, लोकप्रियता र जनमतको आधारमा सिट संख्या बाँड्ने कुरा त पेचिलो नै हुन्छ । असोज २ गते पछि समानुपातिकको सूचि निर्वाचन आयोगलाई दिए पछि यो विषय निष्कर्षमा पुग्छ ।

तपाईँहरु जस्तो युवा नेता एक्ला एक्लै पार्टीहरु चुनावमा जाँदा त  टिकट पाउन गार्हाे पर्ने अवस्था थियो। अहिले गठबन्धनमा क्षेत्र बाँडफाँड गरेर सिट बाँडफाँड गर्दा तपाईँहरूको भागमा कति सिट पर्छ या पर्दैन त?
युवाहरूको पार्टीभित्र प्रतिनिधित्व एउटा महत्वपूर्ण विषय हो । नेपाली राजनीतिमा गणेशमानप्रतिको त्यागको धारणा नै भएन । अहिले पनि एउटा पुस्ता राजनीतिको मियोबाट वञ्चित भएको छ । नेपालको संविधान २०७२ ले समावेशी समानुपातिक धर्मनिरपेक्षलगायतका व्यवस्था गरेको छ । त्यो अनुसार राजनीतिक दलहरू हिँड्न तयार भएनन् । गएको निर्वाचनमा नेपाली कांग्रेसले एउटा पनि दलित समूदायको नेतालाई टिकट दिएन । नेपाली कांग्रेस पार्टी लगायत वामपन्थी पार्टीहरूले जनविद्रोह गरेर शान्तिको आन्दोलनमा त्यसलाई गलत प्रयोग गरे । आज राज्य सत्तामा पुगे पनि कसरी प्रयोग गर्दछन् भनेर नेपाली जनताले त्यसलाई बुझ्नु पर्दछ ।

हिजोको दिनमा दलहरूले नपत्याएको हो कि तपाईँहरुले प्रत्यक्षतर्फ लड्न आँट नगरेको हो?
दलहरूको मनोविज्ञान र दलहरूका नेताहरूको मनोविज्ञान अझै पनि सामन्ती राज्य सत्ता र पुरानो शासन प्रणाली भन्दा सुध्रिन सकेको छैन । आम जनताले संविधानमा उल्लेख भएका अधिकारहरू प्रत्याभूति गर्न पाइनन् भने कुनै राजनीतिक शक्तिले विद्रोह गरेर मात्र समृद्धि हुँदैन । त्यसैले दलहरूका नेताहरूले यो बुझ्नु पर्दछ । हाम्रो पार्टी सभापति ५ पटक प्रधानमन्त्री हुनु भयो । सबैको मतको मूल्य बराबर हुनुपर्दछ ।

नेपालको राजनीतिमा पुँजीवाद कसरी हाबी भएको छ भन्ने टिकट वितरणले पनि देखायो । जसले त्यो समाजको प्रतिनिधित्व गर्दछ, जो पिँधमा रहेको समुदायको भावना समेट्छ उसलाई नदिने कारण के हो?

पहिलो कारण पार्टीमा धेरै दुःख गरेका व्यक्तित्वहरू धेरै छन् । अर्कोतिर पार्टीमा सधैँ लाभ लिने नेताहरूले गर्दा हामीलाई समस्या परेको छ । पुराना पुस्ताको भावनालाई समेटेर नयाँ पुस्ताको नेतृत्व गर्नुपर्दछ तर उमेर समूह मात्र हेरेर हुँदैन । तराई र पहाडमा रहेका दलित पीडित पछाडि परेका वर्गलाई समेट्ने युवालाई समेट्ने र लैंगिक रूपमा महिला हिंसालाई पार्टीले कत्तिको प्रतिनिधित्व गर्दछ, त्यो पनि हेर्नु पर्दछ । हामीभित्र आन्तरिक रूपमा औपचारिक र अनौपचारिक रूपमा हामीले नेताहरूसँग छलफल गरेका छौँ ।

हिजोको दिनमा तपाई समानुपातिकबाट सांसद बन्नुभयो । यसपटक प्रत्यक्षबाट लड्ने चाहना त व्यक्त गर्नु भएको छ । टिकट पाउने सम्भावना कतिको छ ?
मैले आफ्नो पार्टीका शीर्ष नेताहरूलाई पदाधिकारीहरूलाई आफू १६५ चुनाव क्षेत्र जहाँको टिकट दिए पनि मानसिक र भौतिक रूपमा प्रत्यक्ष चुुनाव लड्न तयार रहेको बताएको छु । भएन भने नयाँ साथीहरूलाई पनि दिनु पर्दछ । पार्टीले हामी जस्तो युवाहरूलाई दिन्छ जस्तो मलाई लाग्छ ।

तपाईँहरूको कार्यकाल कहिले सम्म रहने हो त ?
आम नागरिकको चाहाना अनुसार शासन सञ्चालन गर्नु पर्दछ । निर्वाचन आयोगले एक गते राती १२ बजे सकिन्छ भनेको छ । हाम्रो संविधानको परिकल्पना र सर्वोच्च अदालतको पहिलो फैसलाले संसद्को भ्याक्युमको पनि परिकल्पना गरेको छैन । यो त्यो भनेर बस्नु भन्दा हामी सबै मिलेर यो एक गतेलाई नै मानेर गर्दा पनि हुन्छ । निर्वाचन घोषण भएको दिन नै संसद्को आयु समाप्त हुनु पर्दछ भन्ने मेरो व्यक्तिगत विचार हो । संविधानमा एउटा ऐनमा एउटा नीति भएको कारणले भद्रगोल भएको छ । हामीले जनताको हितको लागि काम गरेनौँ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मुद्दा किनारा लगाउन र उनी फर्किन्छन् भन्ने त्रासले यो संसद् लम्ब्याएको हो ?
महाअभियोगको प्रस्तावमा चोलेन्द्र शमशेर फर्किन्छन् भन्ने कुनै सम्भावना नै छैन । प्रक्रियामा गएका कुराहरू नटुंगी फर्किदैनन् ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ८ : ०६ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको