विश्व इतिहासमा आज : अन्वेषक मार्को पोलोको जन्मदेखि दिवालियापन संरक्षणको निवेदनसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : अन्वेषक मार्को पोलोको जन्मदेखि दिवालियापन संरक्षणको निवेदनसम्म


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ ३० गते बिहीबार । सन् २०२२ को सेप्टेम्बर १५ तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २००८ सेप्टेम्बर १५ मा ‘लेहमन ब्रदर्स होल्डिङ्स इङ्क.’ ले अध्याय ११ दिवालियापन संरक्षणको लागि निवेदन दिएको थियो । संयुक्त राज्य अमेरिकाको इतिहासमा यो सबैभन्दा ठुलो दिवालियापन थियो ।

सन् १९८१ सेप्टेम्बर ५ मा ‘जोन बुल’ नामक रेल पहिलो पटक सञ्चालनमा आएको थियो । बेलायतले बनाएको सो रेल संयुक्त राज्य अमेरिकाको न्यू जेर्सीमा सञ्चालनमा आएको थियो ।

सन् १९७१ सेप्टेम्बर १५ मा ‘ग्रीनपीस’ नामक वातावरण समूहको स्थापना भएको थियो ।

सन् १९६८ सेप्टेम्बर १५ मा यूएसएसआरले ‘जोन्ड ५’ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । चन्द्रमाको कक्ष प्रवेश गरेर पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने सो पहिलो यान बनेको थियो ।

सन् १९६३ सेप्टेम्बर १५ मा ‘कू क्लक्स क्लान’ नामक बम विस्फोट हुँदा ४ अफ्रिकी–अमेरिकी युवतीहरुको मृत्यु भएको थियो । अलाबामाको बर्मिंघमस्थित मुख्यतः काला जाति समुदायको चर्चको रुपमा चिनिने १६ औँ स्ट्रीट ब्याप्टिस्ट चर्चमा ‘ह्वाईट सुप्रिमेसी ग्रुप’ का ४ सदस्यहरुले ‘टाईम बम’ जडान गरेका थिए ।

सन् १९५३ सेप्टेम्बर १५ मा नाजी पार्टीले स्थापना गरेका न्युरेम्बर्ग कानुन लागु भएको थियो। सो कानुनअन्तर्गत यहुदीहरुलाई नागरिकता दिन खारेज गर्नुको साथै यहुदीहरुलाई गैर यहूदीसँग सम्बन्ध राख्न निषेध गरेसँगै स्वस्तिकलाई जर्मनीको औपचारिक चिन्ह घोषणा गरिएको थियो ।

सन् १२५४ सेप्टेम्बर १५ मा इटालियन अन्वेषक मार्को पोलोको जन्म भएको थियो । सन् १२७१ देखि १२९५ को दौरान पोलो सिल्क रोड हुँदै एसिया भ्रमण गर्नुको लागि लोकप्रिय छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : २१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन