विश्व इतिहासमा आज : अन्वेषक मार्को पोलोको जन्मदेखि दिवालियापन संरक्षणको निवेदनसम्म « Khabarhub

विश्व इतिहासमा आज : अन्वेषक मार्को पोलोको जन्मदेखि दिवालियापन संरक्षणको निवेदनसम्म


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ ३० गते बिहीबार । सन् २०२२ को सेप्टेम्बर १५ तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २००८ सेप्टेम्बर १५ मा ‘लेहमन ब्रदर्स होल्डिङ्स इङ्क.’ ले अध्याय ११ दिवालियापन संरक्षणको लागि निवेदन दिएको थियो । संयुक्त राज्य अमेरिकाको इतिहासमा यो सबैभन्दा ठुलो दिवालियापन थियो ।

सन् १९८१ सेप्टेम्बर ५ मा ‘जोन बुल’ नामक रेल पहिलो पटक सञ्चालनमा आएको थियो । बेलायतले बनाएको सो रेल संयुक्त राज्य अमेरिकाको न्यू जेर्सीमा सञ्चालनमा आएको थियो ।

सन् १९७१ सेप्टेम्बर १५ मा ‘ग्रीनपीस’ नामक वातावरण समूहको स्थापना भएको थियो ।

सन् १९६८ सेप्टेम्बर १५ मा यूएसएसआरले ‘जोन्ड ५’ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । चन्द्रमाको कक्ष प्रवेश गरेर पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने सो पहिलो यान बनेको थियो ।

सन् १९६३ सेप्टेम्बर १५ मा ‘कू क्लक्स क्लान’ नामक बम विस्फोट हुँदा ४ अफ्रिकी–अमेरिकी युवतीहरुको मृत्यु भएको थियो । अलाबामाको बर्मिंघमस्थित मुख्यतः काला जाति समुदायको चर्चको रुपमा चिनिने १६ औँ स्ट्रीट ब्याप्टिस्ट चर्चमा ‘ह्वाईट सुप्रिमेसी ग्रुप’ का ४ सदस्यहरुले ‘टाईम बम’ जडान गरेका थिए ।

सन् १९५३ सेप्टेम्बर १५ मा नाजी पार्टीले स्थापना गरेका न्युरेम्बर्ग कानुन लागु भएको थियो। सो कानुनअन्तर्गत यहुदीहरुलाई नागरिकता दिन खारेज गर्नुको साथै यहुदीहरुलाई गैर यहूदीसँग सम्बन्ध राख्न निषेध गरेसँगै स्वस्तिकलाई जर्मनीको औपचारिक चिन्ह घोषणा गरिएको थियो ।

सन् १२५४ सेप्टेम्बर १५ मा इटालियन अन्वेषक मार्को पोलोको जन्म भएको थियो । सन् १२७१ देखि १२९५ को दौरान पोलो सिल्क रोड हुँदै एसिया भ्रमण गर्नुको लागि लोकप्रिय छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : २१ बजे

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा

सुकुम्वासी बस्तीमा राजनीतिकरण हुने सुइँको पाएपछि अगाडि बढेका थिए रवि-बालेन

काठमाडौं– धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले

संसद् छल्दै शक्तिशाली सरकार, अध्यादेश मोहले हुन थाल्यो बालेनको आलोचना

काठमाडौं- बोलाइसकेको संसद् बैठक पनि राख्दै नराखी रातारात स्थगित गरेको

सुरु भयो निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन 

काठमाडौं– सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ

निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन