भारतको थोक मुद्रास्फीति घट्यो « Khabarhub

भारतको थोक मुद्रास्फीति घट्यो


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआई) अगष्ट महिनामा १२.४१ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जनाएको छ ।

‘अल इन्डिया होलसेल प्राइस इन्डेक्स (डब्लुपीआई) नम्बरमा आधारित मुद्रास्फीतिको वार्षिक दर सन् २०२२ को अगस्टमा सन् २०२१को सोही महिनाभन्दा कमी भएको छ । यो १२.४१ प्रतिशत कायम भएको छ ।

जुलाई २०२२ मा डब्लुपीआईमा आधारित मुद्रास्फीति १३.९३ प्रतिशत रहेको थियो ।

‘सन् २०२२ को अगष्टमा खनिज तेल, खाद्य वस्तु, कच्चा पेट्रोलियम तथा प्राकृतिक ग्यास, आधारभूत धातु, रसायन र रासायनिक पदार्थ, बिजुली, खाद्य पदार्थ आदिको मूल्यवृद्धिले मुख्यतया अघिल्लो वर्षको सोही महिनाको तुलनामा मुद्रास्फीतिमा योगदान पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयका अनुसार अगस्टमा डब्लुपीआई इन्डेक्समा जुलाईको तुलनामा ०.४६ प्रतिशतले कमी आएको छ ।

थोक बजारमा मूल्यको सूचक डब्लुपीआई मुद्रास्फीति, मुख्यतया विश्वव्यापी रूपमा वस्तुहरूको मूल्यमा तीव्र वृद्धि वा कमीको कारण परिवर्तन हुने गर्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : ३१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको