आगामी तीन दिनको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा « Khabarhub

आगामी तीन दिनको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा‍का अनुसार आगामी तीनदिन सम्म देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।

आज दिउँसो पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना पनि रहेको छ।

राति लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

भोलि दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको हुनेछ भने राति प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

पर्सि दिउँसो सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका थोरै तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने र राति मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

उक्त स्थानमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढेर दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : ५० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको