राष्ट्रिय सभाबाट आज पशु सम्बन्धी विधेयक पारित गर्ने तयारी « Khabarhub

राष्ट्रिय सभाबाट आज पशु सम्बन्धी विधेयक पारित गर्ने तयारी


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाको बैठक पनि आजै बस्ने भएको छ । दिउँसो ३ बजे बस्‍ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकको सुरुमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ।

त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिभिसभाबाट सन्देशसहित प्राप्त विधायन समितिको प्रतिदेवनसहित पशु तथा पशुसेवा परिषद् विधेयक छलफल गर्नेछन्।

छलफल सकिएपछि विधयेक आजै पारित गर्ने तयारी छ।

हेर्नुहोस् कार्यसूची

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ७ : ५८ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल