डेङ्गु नियन्त्रणका लागि तारकेश्वरका चार अभियान सञ्चालन « Khabarhub

डेङ्गु नियन्त्रणका लागि तारकेश्वरका चार अभियान सञ्चालन


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ।

नगरपालिकाभित्र दिनानुदिन डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिए। उहाँका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार, मनमैजुलगायतका क्षेत्रमा डेङ्गुका बिरामी बढी पाइएको छ।

यस्तै, तारकेश्वरले डेङ्गु नियन्त्रणका लागि जनचेतनासहित माईकिङ गर्नुका साथै सार्वजनिकस्थल तथा विद्यालय क्षेत्रमा पर्चा पम्प्लेट र जनचेनतामूलक सामग्री टाँसेको छ। सो नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा डेङ्गु नियन्त्रणका लागि जनचेतनासहित सरसफाइ कार्यक्रम सञ्चालन, सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्ने व्यवस्थासमेत गरेको छ। यसैगरी, उच्च ज्वरो भएका बिरामीको डेङ्गु परीक्षण गर्न सबै वडाका स्वास्थ्यचौकीमा परीक्षण कीटको व्यवस्था गरेको नगरप्रमुख महर्जनले बताए।

डेङ्गुका बिरामीलाई सबै वडाका स्वास्थ्यचौकीमा प्यारासिटामोलको व्यवस्था गर्नुका साथै डेङ्गुका सिकिस्त बिरामीका लागि अस्पताल लैजान नगरपालिकामा एम्बुलेन्सको व्यवस्था गरिएको सो नगरपालिकाले जनाएको छ। सीमित स्रोत र साधनका बीच डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले काम गरिरहेको नगरप्रमुख महर्जनको भनाइ छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १० : ४१ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा