लगातार ओरालो लाग्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार? « Khabarhub

लगातार ओरालो लाग्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनको मूल्य लगातार चार दिनयता घटेको छ । गत सोमबारबाट घट्न थालेको सुनको मूल्य बिहीबार पनि ओरालो लागेको छ ।

साताको पहिलो दिन आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ३००, मंगलबार १००, बुधबार ७०० र बिहीबार ३०० रुपैयाँ रुपैयाँले सुनको मूल्य घटेको हो ।

बिहीबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोला ९२ हजार ५०० र तेजाबी सुनको तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै ११ सय ८० रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउ तोलामा ११ सय ७५ रुपैयाँ थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १२ : १६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको