सिमकोटमा एक हप्ता विद्युत् सेवा बन्द « Khabarhub

सिमकोटमा एक हप्ता विद्युत् सेवा बन्द


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हुम्ला – जिल्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तासम्मका लागि विद्युत् सेवा बन्द भएको छ। फर्बे ट्याङ्कीबाट मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुम वितरण केन्द्रले एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द गरेको हो।

वितरण केन्द्रका अनुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बुधबार दिउँसोदेखि बन्द गरिएको छ। फर्बे ट्याङ्कीदेखि मुहानसम्मको नहर चुहिने समस्या आएपछि त्यसलाई मर्मत गर्न थालिएकाले विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख साजन ऐडीले बताए। निर्माण कम्पनी पक्षलाई एक हप्ताभित्र सम्पन्न गर्न केन्द्रले निर्देशन दिइएको छ। यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजारभन्दा बढी ग्राहक प्रत्यक्ष मर्कामा परेका छन् ।

बुधबारदेखि सदरमुकाम सिमकोटका सरकारी तथा गैरसरकारी कार्यालयको काम र व्यवसायसमेत बन्द भएका छन्। हुम्ला जिल्ला अस्पतालमा विद्युत् सेवा नहुँदा एक्सरे, भिडियो एक्सरे सेवा पनि ठप्प भएको छ। वितरण केन्द्रका सेवाग्राहीले हप्ता दिनसम्म अन्धकारमा बस्दै आउनुपर्ने भएको छ।

प्रत्येक वर्ष दशैँको मुखमा वितरण केन्द्रले मर्मतका लागि भन्दै विद्युत् सेवा बन्द गर्दै आएको छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १२ : १९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको