सेञ्चुरी बैंक, एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलबीच सम्झौता « Khabarhub

सेञ्चुरी बैंक, एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलबीच सम्झौता


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक, एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलबीच सम्झौता भएको छ । नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटेलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । 

उक्त सम्झौतासंगै बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ्गप्रयोगकर्ताहरु, ग्रहहरू तथा बैकका कर्मचारीले एनपिआइ नारायणी सामुदायिक अस्पताल, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट पाउने भएका छन् ।  

एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाप्रमुख भेषराज खड्का र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका सञ्चालक विष्णु कुँवरले हस्ताक्षर गरेका छन् । 

साथै भरतपुर–१०, स्थित सिराइचुली होटेलमा फुड एण्ड बेभरेजमा १०% र एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का र सिराइचुली होटेलका तर्फबाट रिसोर्टका सञ्चालक विष्णु घिमिरेले हस्ताक्षर गरेका हुन् । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचो, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १२ : ५४ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: ‘सिबिच’ बनाउने करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा