काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक, एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलबीच सम्झौता भएको छ । नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटेलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
उक्त सम्झौतासंगै बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ्गप्रयोगकर्ताहरु, ग्रहहरू तथा बैकका कर्मचारीले एनपिआइ नारायणी सामुदायिक अस्पताल, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट पाउने भएका छन् ।
एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाप्रमुख भेषराज खड्का र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका सञ्चालक विष्णु कुँवरले हस्ताक्षर गरेका छन् ।
साथै भरतपुर–१०, स्थित सिराइचुली होटेलमा फुड एण्ड बेभरेजमा १०% र एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का र सिराइचुली होटेलका तर्फबाट रिसोर्टका सञ्चालक विष्णु घिमिरेले हस्ताक्षर गरेका हुन् ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचो, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।