छ महिनादेखि हवाई सेवा बन्द | Khabarhub Khabarhub

छ महिनादेखि हवाई सेवा बन्द


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ ।

धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो ।

यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जाने नागरिक समस्यामा परेका हुन् । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न  कम्तीमा आठ घण्टा लाग्ने गर्दछ ।  

यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भएको र असोज पहिलो साताबाट पुनः सञ्चालन हुने समिट एयर पाटनका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए । चैतअघि नियमितरूपमा उडान हुने गरेकामा त्यसपछि यात्रु नपाउँदा र मौसम अनुकूल नहुँदा उडान हुन नसकेको हो ।   

चैतपछि केही महिना समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भरिरहेको हुनाले पाटन नआएको भट्टको भनाइ छ । उनले भने, ‘चैतदेखिको दुई/तीन महिना लुक्ला र जोमसोमतिर पर्यटक बढेकाले उतै भरेको थियो, त्यसपछि यता उडान भर्ने कुरा थियो, कहिले मौसमले साथ नदिने कहिले यात्रु नपाइने समस्या छ ।’

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १ : ४२ बजे

सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले जेन-जी पुस्ताले आह्वान गरेको

बालुवाटारमा मन्त्रिपरिषद् बैठक 

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ

शीर्ष नेतृत्वप्रति आन्दोलनकारीको कटाक्ष– ‘खाडीमा युवा बेच्नेलाई बहिष्कार गरौँ’

काठमाडौं- सोमबार नयाँ बानेश्वरबाट जेनजीको विरोध प्रर्दशनको रिपोर्टिङ सकेर टेम्पोमा

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– सोमबार भएको जेन-जीहरूको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका

निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार हुँदै 

काठमाडौं– नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेन-जी प्रदर्शनमा घाइते भएका