आफूहरूमाथि लगाइएको आरोप पुष्टि गर्न चार पूर्वप्रधानन्यायाधीशको जबरालाई चुनौती, समितिलाई लेखे पत्र « Khabarhub

आफूहरूमाथि लगाइएको आरोप पुष्टि गर्न चार पूर्वप्रधानन्यायाधीशको जबरालाई चुनौती, समितिलाई लेखे पत्र


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चार जना पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूमाथि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले बिहीबार प्रतिनिधिसभा महाअभियोग सिफारिस समितिलाई पत्र लेख्दै अमूक व्यक्तिले अमूक विषयमा आधारहीन लाञ्छना लगाएको र त्यसमा आफूहरूले बयान दिनुपर्ने कुनै कारण नदेखिएकाले समितिमा शरीर उपस्थित हुन नसक्ने उल्लेख गर्दै जबरालाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनीहरूले जुन विषयमा जे उद्देश्यका लागि समिति गठन गरिएको हो त्यसलाई त्यो काम मात्र गर्ने जिम्मेवारी तोकिएको भन्दै निलम्बनमा रहेका जबराविरुद्ध महाअभियोग प्रस्ताव पेस भई महाअभियोग सिफारिस समितिमा छानबिन भइरहेको सिलसिलामा उनले बयानको क्रममा आफूहरूसमेतको नाम उल्लेख गरेको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘उक्त पत्रमा हाम्रो बारेमा के कस्तो तथ्य उल्लेख गरी बयान गरेको भन्ने नखुलेकोले के विषयमा छलफल गर्ने भन्ने प्रस्ट हुन सकेन। जसको बारेमा नेपालको संविधानको धारा १०१ को उपधारा ९३० र ९४० बमोजिम महाअभियुक्त बनाई कारबाही सुरु गरिएको हो, तिनैको विषयमा केन्द्रित भई सिफारिस समितिले छानबिन अगाडि बढाउनुपर्ने भन्ने कुरामा विवाद छैन। महाअभियुक्तले कसैउपर दाबी वा अभियोग लगाउन नसक्ने हुँदा निजले आफ्नो बारेमा लगाएको आरोप सम्बन्धमा कानुनबमोजिम आफ्नो प्रतिवाद गर्नमा केन्द्रित हुनुपर्ने हुन्,’ पत्रमा भनिएको छ, ‘सिफारिस समितिले पनि आफूलाई सुम्पिएको विषयमा बाहेक अन्य कसैउपर दाबी, छलफल गर्न वा सुम्पिएको विवादभन्दा बढी विस्तार गरी क्षेत्राधिकार विस्तार गर्न सक्ने देखिँदैन। जुन विषयमा सिफारिसको लागि आफू गठन भएको हो, त्यसैको सीमाभित्र रहेर कानुनबमोजिम तथ्यको खोजविन गर्नु महाअभियोग सिफारिस समिति जवाफदेही हुने हुँदा सो बाहेक अन्य कुनै रुपले पनि विवादित विषयवस्तुको विस्तार गर्न र त्यसको निरूपण गर्न कोसिस गर्न नमिल्ने कुरा स्मरणीय छ।’

चार पूर्व प्रधानन्यायाधीशहरूले महाअभियुक्तले आफूहरूमध्ये कसले, कहिले, कुन अमुक विषयमा महाभियुक्तलाई प्रभावित गर्न प्रयास गरेको हो, त्यस्तो सम्पर्क व्यक्तिगत वा के तहबाट भएको हो ? त्यो कहिले र कसरी भएको हो ? त्यसको यथार्थता पुष्टि हुने प्रमाण के हो ? त्यस्तो अमुक विषयमा के कस्तो नतिजा निक्लन गएको छ ? निजले आरोपित गरेको अमुक कुरा गर्ने व्यक्ति, विषय, समय सन्दर्भ र अभिलेख केही पनि सिफारिस समितिले मागेको र सोबमोजिमको सबुत प्रमाण निजले दिएको भन्ने कतै पनि देखिन नआएको हुँदा कसैउपर पनि झुट्टा, भ्रामक, कपोलकल्पित, गोश्‍वारा, बेप्रमाणित, अप्रासंगिक र अमूर्त ढंगले आरोप लगाउँदैमा पुग्दैन।आरोप लगाउनेले बुझ्न सक्ने गरी अमुक व्यक्तिले अमुक विषयमा अमुक समयमा अमुक कुरा अनुचित ढंगले हासिल गर्न खोजेको वा हासिल गरेको भन्ने कुरा शंकारहित तवरले सिद्ध गर्नुपर्ने हुन्छ।’

उनीहरूले जबरालाई कुनै प्रत्यक्ष भेट वा अन्य माध्यमबाट समेत प्रभावित गरेको वा गर्न उद्देश्य राखेको कुनै पनि तथ्य भए प्रमाणित गर्न खुलेआम चुनौती दिएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ४ : १४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको