नेप्से ५७ अंकले घट्यो « Khabarhub

नेप्से ५७ अंकले घट्यो


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौँ दिन बिहीबार उच्च अंकले घटेकाे छ ।  कारोबारको सुरुवातदेखि नै ओरालो लागेको नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो ।

बिहीबार नेप्से ५७ अंकले बढेर एक हजार ९ सय २४ दशमलव ४८ विन्दुमा बन्द भएको छ । त्यस्तै, नेप्से घटेपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । नेप्सेमा २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटिजन्स म्युअल फण्ड २ को शेयरमूल्य ४.१२ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार एनआइसी एसिया फ्लेक्सी क्याप  फण्डको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ४ : ३५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज