‘भ्रष्टाचार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’ « Khabarhub

‘भ्रष्टाचार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्दिनँ भनेर भित्रभित्रै भ्रष्टाचार गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू मुलुक सञ्चालनमा रहेको भन्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने स्पष्ट पारे ।

उनले अव मुलुकमा संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्ने धारणा पनि राखे । देशलाई आत्मनिर्भरताको बाटोमा लान उद्योग व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै आर्थिक क्रान्तिका लागि आवश्यक परे व्यवसायीहरू सडकमा आउनुपर्ने उनले बताए ।

कार्यक्रममा व्यवसायी कृष्ण आचार्यले राजनीतिक परिवर्तनसँगै अव आर्थिक रूपान्तरणका लागि केन्द्रित हुनुपर्ने बेला आएको बताए । उनले निर्वाचनको घोषणा पत्रमा दलहरूले आर्थिक विषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने बताए । 

कार्यक्रमका व्यवसायीहरूले निर्वाचनका जादा व्यवसायीहरूको मुद्दालाई प्राथमिकतामा साथ अघि बढाउन सुझाव दिएका थिए । 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ४ : ३८ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा