बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार « Khabarhub

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत पुगोस् भन्ने उद्धेश्यले पाकिस्तानलाई एक करोड ४० लाख टाका सहयोग रकम दिने बङ्लादेशले प्रस्ताव गरेको थियो ।

मानवीय सहायता गर्नु छिमेकी मुलुकको हैसियतले कर्तव्य हुने ठानेर सहयोग गर्न लागेको बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गर्नुभएको थियो । तर पाकिस्तानले भने बङ्लादेशको सहयोग स्वीकार नगर्ने जवाफ दिएको छ । बङ्लादेशको यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ ।

बङ्लादेशको प्रकोप व्यवस्थापन तथा राहत मन्त्रालयले १० टन बिस्कुट, १० टन सुख्खा केक, एक लाख पानी शुद्धिकरण गर्ने ट्यावलेट, ५० हजार सलाईन, पाँच हजार मच्छेडदानी, दुई हजार ब्लाङ्केट र दुई हजार पाल पाकिस्तानलाई सहयोग स्वरुप दिने निर्णय गरेको थियो ।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको बङ्लादेशले विगतमा नमिठा सम्बन्ध र घटना भएपनि सङ्कट परेका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने ठानेर पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको बङ्लादेशी अधिकारीहरूको भनाइ छ ।

पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा आएको पछिल्लो बाढी पहिरोबाट कम्तीमा एक हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ४५० जना बालबालिका रहेका छन् ।

अत्यधिक बर्षापछिका घटनामा परी तीन करोड ३० लाख मानिस प्रत्यक्ष प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ ।

पाकिस्तानमा गत मध्य जुनदेखि आएको मनसुनपछिका घटनाबाट अनपेक्षित रूपमा धेरै क्षति भएको प्राधिकरणको भनाइ छ । बाढी पहिरोले सबैभन्दा बढी क्षती सिन्ध प्रान्तमा गरेको छ ।

बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि प्राधिकरणका अधिकारीहरु, स्वयमसेवकहरु, गैरसरकारी संघ संस्थाका पदाधिकारीलगायत अहिले पनि खटिएका छन् ।

बढी पहिरोबाट प्रभावित भएकाहरुको सङ्ख्या दैनिक रुपमा बढ्दै गइरहेको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ८ : १४ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने