राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मोरङका ९५ विद्यालय छनोट « Khabarhub

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मोरङका ९५ विद्यालय छनोट


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मोरङका ९५ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मोरङका ९५ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।

मन्त्रालयले मोरङका स्थानीय तहलाई गरेको परिपत्रअनुसार मोरङको उर्लावारी नगरपालिकाका छ वटा, कटहरि गाउँपालिकाका तीन, कानेपोखरी गाउँपालिकाका छ, बेलवारी ननगरपालिकाका पाँच र ग्रामथान गाउँपालिकाका छ वटा विद्यालय छनोट भएका छन् । त्यस्तै जहदा गाउँपालिकाका चार, धनपालथान गाउँपालिकाका चार, पथरी शनिश्चरे नगरपालिकाका पाँच र विराटनगर महानगरपालिकाका १४ विद्यालय छनोट भएका छन् ।

केन्द्रले बुढीगङ्गा गाउँपालिकाका चार, बेलवारी नगरपालिकाका छ, मिक्लाजुङ गाउँपालिकाका छ, रतुवामाइ नगरपालिकाका पाँच, रङ्गेली नगरपालिकाका चार, सुनवर्षी नगरपालिकाका पाँच, सुन्दरहरैंचा नगरापलिकाका सात र लेटाङ नगरपालिकाका चार विद्यालय छनोट गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तार, आइटी ल्याव स्थापनालगायत कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेका विद्यालयमध्येबाट भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागी गराउने विद्यालयको नाम छनोट गरेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ८ : ३२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको