सम्झौताअनुसार काम नगर्ने सुदूरपश्चिमका दुई निर्माण कम्पनी कालो सूचीमा « Khabarhub

सम्झौताअनुसार काम नगर्ने सुदूरपश्चिमका दुई निर्माण कम्पनी कालो सूचीमा


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डोटी-  सुदूरपश्चिम प्रदेशका दुई निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको छ। सम्झौताअनुसार समयमा काम नगर्ने कैलाली र अछामको निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको हो ।

कृषि विकास निर्देशनालय डोटीले पृथ्वी कन्स्ट्रक्सन वर्दगोरिया गाउँपालिका वडा नम्बर ४ कैलालीलाई कालो सूचीमा राख्न लेखि पठाएको थियो। समयमा सम्झौताअनुसार काम नभएपछि निर्देशनालयले कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखि पठाएको हो। शिवराज सापकोटा सञ्चालक रहेको सो कम्पनीले निर्देशनालयसँग भएको सम्झौताअनुसार समयमा काम नगरेपछि खरिद अनुगमन कार्यालयले सार्वजनिक सूचना नै प्रकाशन गरेर सो कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखेको छ।

यस्तै अछाममा रहेको धैर्यता निर्माण कम्पनीलाईपनि कालो सूचीमा राखिएको छ। भदौ २७ गते सार्वजनिक खरिद अनुगमन कार्यालयले दुवै निर्माण कम्पनीलाई एक÷एक वर्षका लागि कालोसूचीमा राखेको हो।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १० : ३८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको