नेपाली फिल्मकी आशा ऋचा थापा « Khabarhub

नेपाली फिल्मकी आशा ऋचा थापा


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली फिल्ममा आशलाग्दो अभिनय क्षमता बोकेकी मोडल हुन्, ऋचा थापा । म्युजिक भिडियो खेलेर फिल्ममा प्रवेश गरेकी उनले लामो संघर्ष गर्दै यस क्षेत्रमा स्थापित भएकी हुन् ।

सुरुमा लोक तथा दोहोरी एवं आधुनिक गीतका भिडियोमा अभिनय गरेकी उनले त्यसपछि फिल्ममा प्रवेश पाइन् । ‘आरोप’, ‘लभ यू हमेशा’ लगायतका फिल्ममा अभिनय गरेकी उनले आफ्नो क्षमताले भ्याएसम्म छुट्टै छाप भने छाडेकी छन् ।

सानैदेखि गीत-संगीत र फिल्ममा रुचि राख्ने उनले संघर्ष धेरै गरिन् । तर संघर्ष गर्दै जाँदा सोचेजस्तो सफलता पाउन गाह्रो हुने उनको बुझाई छ । म्युजिक भिडियो र फिल्ममा अभिनय गर्दा धेरै सिकाइ भएका कारण उनी सकेसम्म यस क्षेत्रमा बलियो पाइला राखेर जम्ने योजना छिन् ।

‘संघर्ष गर्दा जाँदा सुरुमा सफलता नपाए पनि यो क्षेत्र छाडेर जाने सोच चाहिँ छैन,’ मोडल तथा नायिका थापा भन्छिन्, ‘ती फिल्मले धेरै कुरा सिकाएका छन् । नयाँ फिल्ममा त्यो सिकाइ प्रयोग गर्नेछु ।’ उनलाई केही फिल्मबाट अफर पनि आएको छ । तर उनले भूमिका हेरेर त्यसलाई न्याय गर्न नयाँ फिल्ममा साइन गरेकी छैनन् ।

पछिल्लो समय ‘लोग्नेमानिस’ फिल्ममा पनि उनले सानो भूमिका निर्वाह गरिन् । त्यसबाहेक उनी बढीजसो म्युजिक भिडियोमै केन्द्रित छिन् । दोलखा घर भएकी थापा अभिनयलाई मनैदेखि मन पराउने मोडल तथा नायिका हुन् ।

अहिले काठमाडौँको कीर्तिपुर बस्ने उनी फिचर फिल्ममा अभिनय गर्न रुचि राख्छिन् । कथावस्तुसहितको म्युजिक भिडियो गर्न रुचाउने उनी ठूला ब्यानरका फिल्ममा समेत अभिनय गर्ने इच्छा रहेको बताउँछिन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  २ : ३४ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध