नेपाली फिल्मकी आशा ऋचा थापा « Khabarhub

नेपाली फिल्मकी आशा ऋचा थापा


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली फिल्ममा आशलाग्दो अभिनय क्षमता बोकेकी मोडल हुन्, ऋचा थापा । म्युजिक भिडियो खेलेर फिल्ममा प्रवेश गरेकी उनले लामो संघर्ष गर्दै यस क्षेत्रमा स्थापित भएकी हुन् ।

सुरुमा लोक तथा दोहोरी एवं आधुनिक गीतका भिडियोमा अभिनय गरेकी उनले त्यसपछि फिल्ममा प्रवेश पाइन् । ‘आरोप’, ‘लभ यू हमेशा’ लगायतका फिल्ममा अभिनय गरेकी उनले आफ्नो क्षमताले भ्याएसम्म छुट्टै छाप भने छाडेकी छन् ।

सानैदेखि गीत-संगीत र फिल्ममा रुचि राख्ने उनले संघर्ष धेरै गरिन् । तर संघर्ष गर्दै जाँदा सोचेजस्तो सफलता पाउन गाह्रो हुने उनको बुझाई छ । म्युजिक भिडियो र फिल्ममा अभिनय गर्दा धेरै सिकाइ भएका कारण उनी सकेसम्म यस क्षेत्रमा बलियो पाइला राखेर जम्ने योजना छिन् ।

‘संघर्ष गर्दा जाँदा सुरुमा सफलता नपाए पनि यो क्षेत्र छाडेर जाने सोच चाहिँ छैन,’ मोडल तथा नायिका थापा भन्छिन्, ‘ती फिल्मले धेरै कुरा सिकाएका छन् । नयाँ फिल्ममा त्यो सिकाइ प्रयोग गर्नेछु ।’ उनलाई केही फिल्मबाट अफर पनि आएको छ । तर उनले भूमिका हेरेर त्यसलाई न्याय गर्न नयाँ फिल्ममा साइन गरेकी छैनन् ।

पछिल्लो समय ‘लोग्नेमानिस’ फिल्ममा पनि उनले सानो भूमिका निर्वाह गरिन् । त्यसबाहेक उनी बढीजसो म्युजिक भिडियोमै केन्द्रित छिन् । दोलखा घर भएकी थापा अभिनयलाई मनैदेखि मन पराउने मोडल तथा नायिका हुन् ।

अहिले काठमाडौँको कीर्तिपुर बस्ने उनी फिचर फिल्ममा अभिनय गर्न रुचि राख्छिन् । कथावस्तुसहितको म्युजिक भिडियो गर्न रुचाउने उनी ठूला ब्यानरका फिल्ममा समेत अभिनय गर्ने इच्छा रहेको बताउँछिन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  २ : ३४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२