प्रचण्डले सिद्ध्याएको बाबुराम र नारायणकाजीको राजनीति | Khabarhub Khabarhub

प्रचण्डले सिद्ध्याएको बाबुराम र नारायणकाजीको राजनीति

'माओवादी आन्दोलन सम्झिने र बिर्सिने चुनावको छटपटीमा अस्थिर नेता'


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले गोरखामा छन्। आउँदो मंसिर ४ गतेको चुनावलाई केन्द्रमा राखेर उनी चुनावी प्रचारप्रसारमा व्यस्त छन्। शुक्रबार गोरखाका विभिन्न ठाउँ पुगेर प्रचण्डले भाषण गरे।

एक ठाउँमा भाषण गर्ने क्रममा प्रचण्ड केही भावुक पनि भए। आफ्नो नेतृत्वमा सुरु भएको माओवादी आन्दोलन आफ्नै पालामा विसर्जन हुने खतरा बढेको बेला प्रचण्ड भावुक भएका हुन्। उनले चिनियाँ कम्युनिष्ट आन्दोलनका संस्थापक माओलाई सम्झिँदै माओवादी आन्दोलन फेरि एकपटक अगाडि बढाउन आफू शक्ति आर्जनका लागि गोरखा पुगेको जिकिर गरे।

जबकि प्रचण्डको त्यो भावुकता केवल गोहीका आँसु जस्ता मात्रै छन्। माओवादीको नेतृत्वमा हुँदा आफूलाई सत्ता केन्द्रित गरेका प्रचण्डले पार्टीलाई एकढिक्का बनाउन नसक्दा अहिले निकै जटिल अवस्थाको सामना गरिरहनु परेको छ।

चुनाव जित्न गोरखा पुगेका प्रचण्डले गोरखाका शक्तिशाली नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको संसदीय राजनीतिक एकैपटक सिद्ध्याएका छन्। बाबुरामले अब बुढो भएको भन्दै चुनाव नलड्ने घोषणा गर्नुका पछाडि प्रचण्डका प्रमुख कारण हुन्।

चुनाव लड्न र जित्नैका लागि माओवादीमा फर्केका बाबुराम प्रचण्डले गोरखा रोजेपछि चुपचाप बस्न बाध्य भए। बाबुरामकै चुनावी क्षेत्रका नेता हुन्, नारायणकाजी पनि। गएको चुनावमा उनले बाबुरामसँगै प्रतिस्पर्धा गरेका थिए।

जतिबेला माओवादी, एमाले मिल्दा पनि नारायणकाजीले जित्न सकेनन्। कांग्रेसको साथ लिएर बाबुरामले चुनाव जितेका थिए। यसपटक पनि बाबुराम चुनाव लडेर जित्ने योजनामा थिए। तर, प्रचण्डले नै चितवन सुरक्षित नठानेर गोरखा रोजेपछि बाबुरामले ठाउँ छोडेका हुन्।

यसअघि चुनाव जित्न नसकेका नारायणकाजी यसपटक टिकट पाउने आशमा थिए। तर, उनले त्यो टिकट पाउने बेलामा प्रचण्डले नै आफ्ले चुनाव लड्ने क्षेत्र रोजेपछि उनको अन्यौलता टुंगिएको हो। यससँगै पछिल्लो १० वर्ष नारायणकाजी प्रतिनिधिसभा पाइला टेक्न असफल हुने नेतामा पर्छन्। श्रेष्ठ राष्ट्रिय सभामा पुगेको समयमा उक्त क्षेत्रमा प्रचण्ड पुगेका हुन्।

गएको चुनाव हारेपछि उनी राष्ट्रियसभा सदस्य भएका थिए। तर, केही समयका लागि मात्रै रह्यो। प्रधानमन्त्री छान्ने र महत्वपूर्ण संसदका रुपमा प्रतिनिधिसभा हो। संसदमा चर्को भाषण गर्न रुचाउने बाबुराम र नारायणकाजी दुवैलाई रोक्दै प्रचण्ड यतिबेला गोरखाबाट चुनाव जितेर प्रतिनिधिसभा छिर्ने योजनामा छन्।

जसकारण पार्टीभित्र पनि बाबुराम र नारायणकाजीको पहिलेको प्रतिस्पर्धा अब कमजोर मात्रै होइन, आफ्नै स्पेश खोज्न पनि दुवै नेतालाई हम्मेहम्मे पर्ने देखिन्छ। हिजो कुनै बेला बाबुराम र नारायणकाजीको जस्तो चर्को प्रतिस्पर्धा अहिले माओवादीमा वर्षमान र जनार्दन शर्माको छ।

दुवै जना यसपटक महासचिव बन्ने दाउमा भए पनि असफल भए। तर, उनीहरुको प्रतिस्पर्धा रोकिएको छैन। नयाँ पुस्ताका नेताहरुको प्रतिस्पर्धा चर्किदा यतिबेला बाबुराम र नारायणकाजी माओवादीमा म्याद गुज्रिएका नेता बनेका छन्।

उनीहरुको प्रयास, चाहना, सफलता र अपेक्षा अब उत्तरार्द्धतिर छन्। माओवादीको सुरुवातदेखिको नेतृत्व प्रचण्ड एक्लैले गरेका कारण अब अरु नेता पनि प्रचण्डसँगै बिदाइ हुने अवस्थामा पुगिसकेका छन्। यो अवस्थामा माओवादीको उपाध्यक्ष बनेर पनि अध्यक्ष बन्ने अवसर नपाएका बाबुराम र प्रचण्डको राजनीति उनीहरूकै चुनावी क्षेत्र गोरखामा पुगेर प्रचण्डले सिद्ध्याए भन्दा फरक नपर्ला।

बाबुराम र नारायणकाजीसँगै गोरखाकै विद्यार्थी नेता लेखनाथ न्यौपाने पनि चुपचाप लाग्न बाध्य छन्। प्रचण्डको आलोचना गर्न नडराउने नेता लेखनाथ वर्षौँदेखि चुनाव लड्ने योजनामा थिए। उनको चुनावी क्षेत्र पनि गोरखा भएका कारण उनी ठूला नेताको छायामा पर्दै गए। अहिले बाबुराम र नारायणकाजी मात्रै होइन, उनी प्रचण्डकै छायामा छन्।

आफ्नै चुनावी क्षेत्रबाट प्रचण्डले जित्ने सम्भावना बाँकी राखेका बेला बाबुराम र नारायणकाजीलाई चुनाव जिताउनुपर्ने बाध्यता पनि बनेको छ। प्रचण्डले चुनाव जिते दुवै जनाको राजनीतिक अस्तित्व केही बाँकी रहला। प्रचण्डले प्रभावमा दुवै जना पार्टी निर्णयमा हाबी रहलान्। तर, प्रचण्डले चुनाव हारेको खण्डमा बाबुराम, नारायणकाजी र प्रचण्डकै राजनीति पनि सत्ताबाट सडकमा सीमित हुनेछ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : १८ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक