कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण « Khabarhub

कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला – बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि  बाढी पीडितलाई राहत दिन सकस  भएको छ।

बाढी पहिरोबाट प्रभावित  घर परिवारलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरबाट राहत सामग्री  वितरण गरेको  छ।

जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली  प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो।

सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्‍याइएको नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहत पुर्‍याइएको हो।

यस्तै, नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा चाईनिजपाल ४ वटा, कम्बल ४० वटा र डिटोल साबुन एक कार्टुन वितरण गरिएको छ। सिंजा गाउँपालिकामा त्रिपाल २५ वटा, कम्बल २५ वटा, प्लाष्टिक पाल २५ वटा पुर्‍याइएको छ। हिमा गाउँपालिकामा कम्बल २५, त्रिपाल २५ र  डिटोल साबुन १ कार्टुन एक प्याकेट रहेको छ।

त्यस्तै, २७ असोजमा हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, कम्बल एक सयवटा टेण्टपाल एक सय वटा, डिटोल साबुन एक कार्टुन पुर्याइएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले अनुसार शुक्रबार पनि हिमा र सिंजामा हेलिकोप्टरले राहत पुर्‍याएको छ। उनले भने, ‘कर्णाली प्रदेश सरकारको सहयोगमा खाद्यान्न ल्याइएको छ।’

त्यस्तै, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको प्रयासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडाहरु मध्य ४,५,६ र ७ को लागि हिजो २५ गते कालिकाखेत्तुमा रअसोज २८ गते शुक्रबार १,२ र ३ वडाहरुको लागि देवारगाउँ टापुमा हेलिकप्टर द्वारा राहतका सामग्री उपलब्ध भएको बताए।

गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३ सय ८६ घर पूर्ण क्षति भएको गाउँपालिकाले जानकारी दिएको छ। यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षति भएको गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले जानकारी दिए।

त्यस्तै, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको मानवीय क्षति भएको र घरको क्षति कति भयो भन्ने तथ्यांक संकलन भइरहेको बताए।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ४८ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित