अमेरिकामा २९ नेपाली टिमबीच इन्ट्रा कप भलिबल सुरु « Khabarhub

अमेरिकामा २९ नेपाली टिमबीच इन्ट्रा कप भलिबल सुरु


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा नेपालीभाषी समुदायको भलिबल महोत्सव सुरु भएको छ। अमेरिकाका नौवटा राज्यबाट पुरुष र महिला खेलाडीका टिम सो महोत्सवमा भाग लिन कोलम्बस पुगेका छन्। अक्टोबर १५ तारिख शनिबारदेखि दुई दिनसम्म जारी रहने भलिबल महोत्सव अमेरिकामा नेपालीभाषी बीच सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा हो।

परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको आयोजनामा आकर्षक पुरस्कार राशिसहितको सो महोत्सवमा पुरुष र महिला गरेर २९ टिमले प्रतिस्पर्धा गरिरहेको खेल आयोजक समितिका संयोजक दिपेश प्रधानले बताए। प्रतिस्पर्धामा न्यूयोर्क, मेरिल्याण्ड, मिनीसोटा, ओहायो, टेक्सास, केन्टकी, नर्थ क्यारोलिना, भर्जिनिया र पेन्सिलभेनिया राज्यबाट नेपालीभाषी युवायुवतीका टिमले सहभागिता जनाएको प्रधानले जानकारी दिए। उनका अनुसार विजयी पुरुष टिमलाई आठ हजार पाँच सय अमेरिकी डलर र उपविजेतालाई छ हजार पाँच सय अमेरिकी डलर पुरस्कार राखिएको छ। त्यसैगरी विजेता महिला टिमलाई तीन हजार पाँच सय, उपविजेतलाई दुई हजार पाँच सय र तेस्रो हुनेलाई एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ।

अमेरिकाको कोलम्बस सहरमा मुख्यालय रहेको परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा सुरु हुने सो खेलको उद्घाटन ओहायो स्टेटका रिप्रिजेन्टेटिभ मार्क जोन्सोन र फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले संयुक्तरूपमा एक समारोहका बीच गर्नेछन्।

अमेरिकी पूर्वीय समयअनुसार शनिबार बिहान ९ बजे (नेपाली समय साँझ) उद्घाटन हुने सो खेलमा पुरुषतर्फ २१ टिम प्रतिस्पर्धा गर्दैछन् भने महिलातर्फ आठवटा टिमको प्रतिस्पर्धा छ। प्रतिस्पर्धामा न्यूयोर्कबाट रिजउड नेपाली समाज, म्याग्दी समाज र टिम बफेलो सहभागी छन्। मिनीसोटा राज्यबाट युनाइटेड मिनीसोटा, बिवाइएससी मिनीसोटा, बिवाइएससी गल्र्स भलिबल टिम, भर्जिनिया राज्यबाट रोनोक युनाइटेड र रोज टिम, मेरिल्याण्डबाट बेलमण्ट टिम, गुर्खाज टिम र बागलुङ टिम सहभागी भएका छन्।

यसैगरी ओहायो राज्यबाट कोलम्बस यल्लो, सिनसिनाटी भलिबल क्लब, कोलम्बस ब्लू, कोलम्बस स्टार भिसी, सर्भाइभर्स, कोलम्बस फ्रेन्डसीप र फिप्टीस्टार युवा क्लबले सहभागिता जनाएका छन् भने टेक्सास राज्यबाट सुदूरपश्चिम नेपाली समाजका ए र बी टिम, केन्टकी राज्यबाट लेक्सिन्टन एएनकेए र केन्टकी एएनकेए वान साथै योङ स्टार लेडिज टिम प्रतिस्पर्धामा छन्।

त्यस्तै नर्थ क्यारोलिना राज्यबाट इभिसीएनसी टिम र पेन्सिलभेनिया राज्यबाट योङ ब्लड टिम, राइजिङ स्टार टिम र युनाइटेड गल्र्स टिम प्रतिस्पर्धामा छन्। फाउण्डेसनका प्रवक्ता केशव आचार्यले अमेरिकामा नेपालीभाषी समुदायमा खेलकुदका माध्यमबाट आपसी सौहार्दता वृद्धि गर्दै युवायुवतीलाई सत्मार्गमा लगाउन विभिन्न खेलका प्रतिस्पर्धा आयोजना गरिँदै आएको बताए। उनले दुई हप्ता अघिमात्र अमेरिकाभरका ३८ टिमको सहभागितामा फुटबल प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिए।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : १६ बजे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको