सय मिटर दौडमा निशाको कीर्तिमान « Khabarhub

सय मिटर दौडमा निशाको कीर्तिमान


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) त्यो कीर्तिमान बनाएकी थिइन् ।

एथ्लेटिक्समा पहिलो दिन १०० मिटर महिला–पुरुष हिट, १० हजार मिटर महिला फाइनल, १५०० मिटर महिला–पुरुष फाइनल, ४०० मिटर महिला पुरुष हिट, सटफुट महिला–पुरुषको हिट र फाइनल हुने तालिका छ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ११ : ५९ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२