दिक्तेल-साप्सुखोला सडक स्तरोन्नतीमा ढिलासुस्ती  | Khabarhub Khabarhub

दिक्तेल-साप्सुखोला सडक स्तरोन्नतीमा ढिलासुस्ती 


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती भएको छ । दिक्तेल–खोटाङबजार सडकअन्तर्गत दिक्तेलको अस्पतालचोकदेखि साप्सु खोलासम्मको सडक स्तरोन्नतीको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको हो ।

अस्पतालचोक–दुबेचिवा  सडक खण्ड स्तरोन्नतीको काम ढुकुछुरबगालेरबिएनटी जेभीले लिएको छ । भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँ खर्चमा २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी ढुकुछुरबगालेरबिएनटीले २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो । 

यस्तै, दुबेचिवा–साप्सुखोला सडक खण्ड स्तरोन्नतिको ठेक्का सगरमाथा सजिव आरएन जेभीले लिएको छ । सगरमाथा सजिवले भ्याटसहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । उसले २०७९ माघ १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८७ चैत २८ गते सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।

तर, करिब चार महिना म्याद बाँकी रहँदा दुबै सडक खण्डको काम निराशाजनक छ । सडक स्तरोन्नतीमा ढिलासुस्ती हुँदा साकेला, दिप्रुङ चुईचुम्माखोटेहाङ गाउँपालिका आवतजावत गर्न सास्ती भइरहेको छ । विशेषगरी सामान्य वर्षाकै कारण दिक्तेलदेखि साप्सु खोलाबबीचका सडक हिलाम्मे हुने गरेको छ । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १२ : २५ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार