दिक्तेल-साप्सुखोला सडक स्तरोन्नतीमा ढिलासुस्ती  « Khabarhub

दिक्तेल-साप्सुखोला सडक स्तरोन्नतीमा ढिलासुस्ती 


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती भएको छ । दिक्तेल–खोटाङबजार सडकअन्तर्गत दिक्तेलको अस्पतालचोकदेखि साप्सु खोलासम्मको सडक स्तरोन्नतीको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको हो ।

अस्पतालचोक–दुबेचिवा  सडक खण्ड स्तरोन्नतीको काम ढुकुछुरबगालेरबिएनटी जेभीले लिएको छ । भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँ खर्चमा २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी ढुकुछुरबगालेरबिएनटीले २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो । 

यस्तै, दुबेचिवा–साप्सुखोला सडक खण्ड स्तरोन्नतिको ठेक्का सगरमाथा सजिव आरएन जेभीले लिएको छ । सगरमाथा सजिवले भ्याटसहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । उसले २०७९ माघ १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८७ चैत २८ गते सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।

तर, करिब चार महिना म्याद बाँकी रहँदा दुबै सडक खण्डको काम निराशाजनक छ । सडक स्तरोन्नतीमा ढिलासुस्ती हुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिका आवतजावत गर्न सास्ती भइरहेको छ । विशेषगरी सामान्य वर्षाकै कारण दिक्तेलदेखि साप्सु खोलाबबीचका सडक हिलाम्मे हुने गरेको छ । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १२ : २५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक