मुख्यमन्त्री पाण्डेलाई कानुनी मस्यौदा हस्तान्तरण | Khabarhub Khabarhub

मुख्यमन्त्री पाण्डेलाई कानुनी मस्यौदा हस्तान्तरण


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वाग्मती– वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष वाग्मती प्रदेश नीति तथा योजना  आयोगले  तयार पारेको  विभिन्न चार वटा कानुनी  मस्यौदा  हस्तान्तरण गरिएको छ ।

उक्त आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्तले मुख्यमन्त्रीको कार्यालयमा  हस्तान्तरण गर्नुभएको मस्यौदामा प्रदेश नीति तथा योजना आयोग ऐन २०७९, प्रदेश व्यवस्थापन  ऐन २०७९, प्रदेश आयोजना बैङ्क दिग्दर्शन  ऐन २०७९ तथा संगठनात्मक संरचना र जनशक्ति सम्बन्धी ऐन  २०७९ रहेका छन्  ।

उक्त मस्यौदा  गत भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशको योजना आयोगको बैठकद्वारा पारित गरी तयार गरिएको थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव तथा अन्य सचिवको उपस्थिति थियो । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १२ : ५१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय