‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु « Khabarhub

‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर– राजधानीमा आजबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । ११औँ संस्करणमा अन्तर्राष्ट्रियरूपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ । 

महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। जगमान गुरुङले कलिङ्गका युद्ध विजेता सम्राट अशोक हुँदै पछिल्ला पुस्ताका श्रष्टाहरुले दुई देशको सभ्यतालाई जोडन गरेको योगदानको विषयमा चर्चा गरे । ‘भारतको सरस्वती नदीले बनाएको सभ्यता लोप भए पनि नेपालमा बागमती सभ्यता अझै कायम छ । बाराको गढीमाईसहित नेपालका विभिन्न स्थानसँग भारतको संस्कृतिको सम्बन्ध छ । दुई देशको साहित्यिक सम्बन्ध अझ बढाउने विश्वास छ’, उपकुलपति गुरुङले बताए । 

महोत्सवमा सहभागी हुन भारतबाट आएका कवि अशोक वाजपेयीले नयाँ प्रविधिसँगै बजारशक्ति, धर्मशक्ति आदिले साहित्य संस्कृतिमा पुर्‍याइरहेको क्षतिको चर्चा गरे । ‘ठूलो जमातले बोल्ने भाषाले साना भाषालाई अतिक्रमण गरिरहेको छ । साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले सृजनामा निरन्तरता दिन श्रष्टालाई अनुरोध छ’, कवि वाजपेयीले भने् ।

महोत्सव निर्देशक रञ्जना निरौलाले नेपाल भारतको साहित्य तथा संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले संस्कृतबाट आएको नेपाली र हिन्दी भाषालाई संरक्षण गर्नको लागि यसपटकबाट नेपालमा साहित्यकलालाई एकै थलोमा ल्याएर दुई देशको संस्कृति, भाषा र साहित्यबारे बहसको थालनी गरेको बताए । 

समारोहमा यसैवर्षबाट सुरु भएको यशस्वी साहित्य सम्मानबाट नेपालबाट वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी र भारतबाट कवि अशोक वाजपेयीलाई जनही ५० हजार सहित सम्मान गरिएको छ । शताब्दीपुरुष जोशी अस्वस्थताको कारण समारोहमा उपस्थित हुन सकेनन् । 

यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा महोत्सवमा कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दीक्षित र कवि दिनेश अधिकारी सहित दुईसयको सहभागी रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : ३४ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन